जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

२०८१ आश्विन ३०, बुधबार ०९:३४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ ।

जनकपुरले बुधवार सामाजिक संजाल मार्फत बरदानलाई क्रिकेट निर्देशकको जिम्मेवारी दिइएको जानकारी गराएको हो ।

बरदान सन् २००२ मा नेपालले यु १९ विश्वकप खेल्दाका उप कप्तान हुन् । बरदानले जनकपुरको क्रिकेट निर्देशकको जिम्मेवारी पाउँदा खुसी लागेको बताएका छ । जनकपुरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । नेपाली खेलाडी छनोटका गत साताको आइतवार अक्सन भएको थियो । विदेशी खेलाडी टिमहरुले सिधै अनुबन्ध गर्न सक्नेछन् ।

जनकपुर बोल्ट्स

आसिफ शेख, ललितनारायण राजवंशी, अनिल कुमार शाह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाटी, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिको यादव र तुल बहादुर थापा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy