सुदूरद्वारा ललितपुर पराजित

२०८१ बैशाख ३०, आईतवार १२:५२

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा डिएल मेथडमा १६ रनले विजयी भएको हो ।

१ सय २२ रनको लक्ष्य पछ्याएर टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो ।

सुदूरका लागि कप्तान बिन्दु रावलले २८ बलमा ३ चौकाको सहयोगमा ३० रन बनाईन् । कविता जोशीले २० बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाईन् । सावित्री धामीले २० बलमा २ चौकाको सहयोगमा १७ रन बनाईन् ।

ललितपुर एघारका लागि आरती महतो र कृतिका मरासिनीले समान २/२ तथा तिर्सना बुढाथोकी र पूजा महतोले समान १/१ विकेट लिए ।

प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका शीर्ष चार टोली र आयोजक ललितपुर एघारको सहभागीता रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy