सेमिफाइनल खेलमा नेपालले टस जित्यो

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले टस जितेको छ ।

नेपाल र मलेसियाबीचको सेमिफाइनल खेलमा नेपालीकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् ।

मलेसियालाइ हराउँदै नेपाल आठ बर्ष पछि एसिया कपमा छनोट हुन चाहन्छ । एसिया कपमा छनोट भएमा नेपालले भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको टोलीसँग खेल्ने अवसर पाउने छ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुदैछ ।

मलेसिया र नेपाल अपराजित रुपमा सेमिफाइनल पुगेका हुन् । नेपालले पछिल्लो पटक थाईल्याण्डमा २०१६ मा आयोजना भएको टी-ट्वान्टी एसिया कप खेलेको थियो ।

एसिया कपमा नेपाल दुई पटक छनोट भएको छ । चीनमा भएको २०१२ को एसिया कपमा डेब्यु गरेको नेपालले समूह चरण पार गर्न सकेको थिएन । २०१६ मा भने ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल छैटौं भएको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटले र तेस्रो खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो । क्वाटरफाइनलमा कुवेतलाई आठ विकेटले हराएको थियो ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् । पहिलो सेमिफाइनल खेल जितेर युएइले फाइनलमा स्थान बनाईसकेको छ ।





थप समाचार

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]

जुनियर देखि सिनियर सोमपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट ईन्डिजमा संयुक्त रुपमा आयोजना हुदै गरेको टी-२० विश्वकप खेल्दैछ । नेपालले दश […]

मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा मुम्बई इन्डियन्समाथि जित निकाल्दै कोलकाता नाइट राइडर्स […]

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]

कृतिका चम्कँदा बागमती ५२ रनमा अल आउट

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशलाई ५३ रनको लक्ष्य दिएको […]