हङकङविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

२०८० फाल्गुन २५, शुक्रबार २०:३५

काठमाडौं । नेपालले शनिबार घरेलु टोली हङकङसँग फ्रेन्डसिप कप टी-ट्वान्टी खेल्दैछ । खेल हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान सवा ११ मा सुरु हुनेछ ।

पपवा न्युगिनी, हङकङ र नेपाल रहेको त्रिदेशीय टी-ट्वान्टी सिरिज अगाडी नेपाललाई यो परिक्षणको अवसर हो । हङकङ भ्रमणका क्रममा नेपालले केही मुख्य खेलाडीलाई आराम दिएको छ । त्यसकारण केही नयाँ खेलाडीले मौका पाउने सम्भावना छ । विश्वकप अघि नेपाल हङकङ भ्रमणका क्रममा आफ्नो बेन्च परिक्षण गर्न चाहन्छ । हङकङसँगको यो खेल त्रिकोणात्मक सिरिज अघिको अन्तिम तयारी रहेकाले नेपालले यस खेलमा बलियो प्लेईङ-११ मैदान उतार्नेछ ।

ओपनरमा नियमित ओपनर कुशल भुर्तेल र नेपाल ए टिमका कप्तान समेत रहेका विनोद भण्डारीको सम्भावना छ । तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेलले मौका पाउने सम्भावना छ । चौथो नम्बरमा गुलसन झाले मौका पाउने सम्भावना छ ।

पाँचौ नम्बरमा सन्दीप जोराले मौका पाउने सम्भावना छ । छैठौं नम्बरमा लोकेश बमले मौका पाउने सम्भावना छ । सातौ नम्बरमा विवेक यादवले मौका पाउने सम्भावना छ । आठौं नम्बरमा राशिद खानको सम्भावना रहेको छ ।

नवौं नम्बरमा प्रतिश जिशीले स्थान बनाउने सम्भावना छ । दशौं नम्बरमा सागर ढकालले मौका पाउने सम्भावना छ । एघारौं नम्बरमा अभिनास बोहोराको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, विनोद भन्डारी(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), गुलसन झा, सन्दीप जोरा, लोकेश बम, विवेक यादव, राशिद खान, प्रतिश जिसी, सागर ढकाल र अभिनास बोहोरा ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy