हैदराबादले मुम्बईलाई दियो कीर्तिमानी २७८रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)मा सनराईजर्स हैदराबादले मुम्बई ईन्डियन्सलाई २ सय ७८ रनको लक्ष्य दिएको छ ।

आईपीएल ईतिहासमा सर्वाधिक स्कोर बनाएको छ । यस अघि २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुने वारियर्स ईन्डियाविरुद्ध २ सय ६३ रन बनाएको थियो ।

घरेलु मैदान राजिव गान्धि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

हैदराबादका लागि हेनरिक क्लेसन, अभिसेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाए । शर्माले ३ चौका र ७ छक्काको सहयोगमा ६३ रन बनाए । ओपनर हेडले २४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए । दोस्रो विकेटका लागि शर्मा र हेटले २३ बलमा ६८ रनको सानदार साझेदारी गरे ।

क्लेसनले ३४ बलमा ४ चौका र ७ छक्काको सहयोगमा अविजित ८० रन बनाए । एडेन माक्ररमले २८ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित ४२ रन बनाए । क्लेसन र माकरमले चौथो विकेटका लागि ५५ बलमा अविजित १ सय १६ रनको साझेदारी गरे ।

मुम्बईका लागि जसप्रित बुमराहबाहेकका बलरले १० माथिको ईकोनोमीमा रन खर्चिएका थिए ।





थप समाचार

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]

कोलकातामाथि पञ्जाबको ऐतिहासिक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्समाथि पञ्जाब किंग्सले ऐतिहासिक जित हात पारेको […]

पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको […]