प्रम कप पुरुष सुदुरपश्चिम प्रादेशिक छनोट : भरत चन्दको उत्कृष्ट बलिङमा कञ्चनपुर विजयी

लोकेश जोशी/धनगढी

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल  क्रिकेट संघले यहि पौष २७ गतेदेखि रुपन्देही  जिल्लाको सिद्धार्थ रंगशाला सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८० को तयारीस्वरुप यही पौष १४ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता-२०८० सञ्चालन गरेको थियो।

प्रतियोगिताको चौथो खेलमा कञ्चनपुरले टस जित्दै पहिला ब्याटिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप, कञ्चनपुरले निर्धारित ४५ ओभरको खेलमा ४४.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति २३८ रन जोड्न सफल भयो।ब्याटिङ्गतर्फ कञ्चनपुरका लागि सुशील खड्काले ५८ बलमा सर्वाधिक ६४ रनको महत्त्वपूर्ण अर्धशतक प्रहार गर्न सफल हुँदा प्रकाश पाण्डेले ५३ बलमा महत्त्वपूर्ण ४७ रन तथा किरन ठगुन्नाले १७ बलमा २१ रन बनाउन सफल भए।बलिङ्गतर्फ, बझाङका लागि सञ्जय बोहराले ९ ओभरमा ४२ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा सुशील रावलले ९ ओभरमा ३८ रन खर्चँदा अर्का बलर निरज सार्कीले पनि ६ ओभरमा १ मेडेनसहित २० रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।

२३९ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बझाङले निर्धारित ४५ ओभरको खेलमा ३७.१ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति १७५ रन बनाउन सफल हुँदै खेल ६३ रनले पराजित हुनपुग्यो।ब्याटिङ्गतर्फ,बझाङका लागि अशोक धामीले ५५ बलमा सर्वाधिक ६३ रनको उत्कृष्ट अर्धशतकिय पारी खेल्न सफल हुँदा अबिनास सिंहले ६२ बलमा ४४ रन तथा सन्दिप भण्डारीले ४० बलमा २४ रन बनाउन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।बलिङतर्फ कञ्चनपुरका लागि भरत चन्दले ९ ओभरमा १ मेडेनसहित ४२ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा विकास आग्रीले ८.१ ओभरमा ३० रन तथा दीपक चन्दले ८ ओभरमा ४० रन खर्चंदै  समान २/२  विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ जारी छनोट प्रतियोगितामा लगातार दोश्रो जित दिलाउन पनि सफल भए।
प्रधानमन्त्री कप पुरुष प्रदेस्तरिय एकदिवसीय क्रिकेट प्रतियोगिताको चौथो खेल कञ्चनपुरले ६३ रनले जित्न सफल भयो।उक्त खेलमा म्यान अफ दी म्याच कञ्चनपुरका भरत चन्द घोषित हुँदै नगद एकहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।

प्रतियोगिताको तेश्रो दिनको पाँचौं एकदिवसीय खेल आज पौष १७ गते बैतडी र अछामबीच बिहान ०९:३० बजेदेखि सुरु हुने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्ट ज्यूले जानकारी गराउनुभयो।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]