प्रम कप लुम्बिनी प्रदेशस्तरिय छनोट क्रिकेट : मोहम्मद सदाब अन्सारीको उत्कृष्ट ब्याटिङमा बाँकेको पहिलो जित

लोकेश जोशी / दाङ

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिता २०८० को ग्रुप बि को खेलअन्तर्गत आज लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा भएको खेलमा बाँके जिल्ला ९५ रनले विजयी भएको हो ।

मौसम र प्राविधिक कारणले ३४ ओभरमा छोट्टाईएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बांकेले ३४ ओभर पूरा खेल्दै आफ्नो ७ विकेट गुमाएर १६५ रन जोड्न सफल भयो।बांकेका लागि सर्वाधिक रन मोहम्मद सदाब अन्सारीले ५८ रनको अर्धशतकिय  पारी खेले । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै, राहुल शर्माले नटआउट २६ रन, कप्तान सिद्धान्त राज शाहीले २१ रन, सुनिलसिंह भण्डारीले १४ रन बनाए भने अन्यले दोहोरो अंन्कमा रन बनाउन सकेनन् । बलिङमा बर्दियाका निर्मल गुरुङले ७ ओभरमा १ मेडन राखी १५ रन खर्चेर ४ विकेट लिए । तेस्तै सौगात खत्री र सोलुप चौधरीले १-१ विकेट लिए।

 

जवाफी १६६ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको बर्दिया २३.२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाएर ७० रनमा अल आउट भयो। बर्दियाका लागि कप्तान सुमित श्रेष्ठले १४ रन, अर्पण पौडेलले १३ रन र नितिश मोक्तानले १० रन बनाए भने त्यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। बर्दियालाई सस्तैमा समेट्नेक्रममा बलिङमा बांकेका लागि रविश बर्माले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, समीर राना मगरले ५.२ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए तथा सिद्धान्त राज शाहीले र लभकुश यादवले २-२ विकेट लिए ।

 

लुम्बिनी प्रदेशस्तरिय छनोट एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलको प्लेयर अफ दी म्याच बाँकेका मोहम्मद सदाब अन्सारी भएसङ्गै उनलाई लमही नपा ५ नं वडाका वडाअध्यक्ष ओम प्रकाश सुवेदीले ट्रफी प्रदान गरे ।

 

त्यस्तै, बिहान भएको उद्घाटनमा लमही नपा ५ नं वडाका वडाअध्यक्ष ओमप्रकाश सुवेदीले ब्याटिङ, देउखुरी क्रिकेट क्लबका उपाध्यक्ष प्रकाश कुमार जिसिले बलिङ र लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले विकेट किपिङ गरेर उद्घाटन गर्नुभयो ।

 

लुम्बिनी प्रदेशस्तरिय एकदिवसीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको दोश्रो एकदिवसीय खेल भोलि बिहान लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दाङ र बर्दियाबीच ठिक ०९:०० बजेदेखि सञ्चालन हुने लुम्बिनी प्रादेशिक क्रिकेट संघका सचिव कैलाश रोकामगर ज्यूले बताउनुभयो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy