प्रम कप लुम्बिनी प्रदेशस्तरिय छनोट क्रिकेट : विराटको उत्कृष्ट अर्धशतकिय पारीमा दाङ २ विकेटले विजयी

२०८० पुष १९, बिहीबार २१:२९

लोकेश जोशी /लमही दाङ

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिता २०८०को ” ग्रुप बि “को आठौं खेल अन्तर्गत आज लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा दाङले बर्दियालाई २ विकेटले पराजित गर्न सफल भएको हो।

मौसमका कारणले ४१ ओभरमा छोट्टाईएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बर्दियाले ४०.१ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १४९ रन बनायो । ब्याटिङमा बर्दियाका लागि हेमन्त आचार्यले सर्वाधिक ३९ रन बनाउनेक्रममा ७५ बल खेल्दा  कप्तान सुमित श्रेष्ठले २४रन, असिम गिरिले २३ रन र नितेश न्यौपानेले १९ रन बनाए भने अन्यले दोहोरो रनअंक छुन सकेनन्। बर्दियालाई सस्तैमा रोक्न बलिङमा दाङका वीरबहादुर घर्तीमगरले सर्वाधिक ३ विकेट लिनेक्रममा ७.१ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिनपुगे। त्यस्तै, विराटसिंह भण्डारीले २ विकेट लिए भने मोहन खत्री, सुजल वलि र शुभम खनालले समान १-१ विकेट लिए ।

जवाफी १५० रनको लक्ष्य पछ्याएको दाङले उक्त लक्ष्य ३९.३ ओभरमा आफ्नो महत्वपूर्ण ८ विकेट गुमाएर पूरा गर्यो। ब्याटिङमा दाङका लागि विराटसिंह भण्डारीले उत्कृष्ट अर्धशतकिय पारी खेल्दै टिमलाई जित दिलाउन सफल भए । उनले ८० बलमा अर्धशतक बनाएका हुन भने टिमलाई जित दिलाउन उनले १३३ बलको सामना गर्दै ५ चौकाको मद्दतमा ७३ रनको नटआउट पारी खेले । त्यस्तै, मोहन खत्रीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन्। बलिङमा बर्दियाका निर्मल गुरुङले सर्वाधिक २ विकेट लिनेक्रममा ९ ओभरमा १ मेडेन राख्दै २९ रन खर्चिन पुग्दा अर्का बलर सौगात खत्रीले पनि २ विकेट नै लिनेक्रममा ६ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिन पुगे। त्यस्तै, सुमित श्रेष्ठ र सोलुप चौधरीले १-१ विकेट लिए ।

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिता २०८०को ” ग्रुप बि “को आठौं खेलको प्लेयर अफ दी म्याच दाङका विराटसिंह भण्डारी घोषित भएसङ्गै उनलाई लुम्बिनी प्रदेश क्रीकेट संघका सदस्य सुवास तिमिल्सिनाले ट्रफी प्रदान गर्नुभयो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy