प्रम कप पुरुष सुदुरपश्चिम प्रादेशिक छनोट : टेक रावतको उत्कृष्ट ब्याटिङमा कैलालीको लगातार दोश्रो जित

२०८० पुष १९, बिहीबार २०:४९

लोकेश जोशी/धनगढी

सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा यहि पौष १४ गतेदेखि पौष २४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको एलाइट च्याम्पियनसिप अन्तर्गतको छैटौं दिनको सातौं खेलमा कैलालीले प्लेट च्याम्पियन बझाङलाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोश्रो जित पनि निकालेको छ।

प्रतियोगिताको सातौं खेलमा कैलालीले टस जित्दै पहिला ब्याटिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप, कैलालीले खराब मौसमका कारण हुनुपर्ने ४५ ओभरको खेललाई ३५ ओभरमा झारिएकोमा ३५ ओभर खेल्दै ७ विकेटको क्षति २११ रन जोड्नसक्यो।ब्याटिङ्गतर्फ कैलालीका लागि टेक रावतले सर्वाधिक ९१ रनको अर्धशतकिय पारी खेल्दै प्रतियोगितामा आफ्नो दोश्रो अर्धशतक बनाउनेक्रममा १०८ बल खेल्दा अर्का ब्याट्सम्यान अभिषेक पालले ३३ रन बनाउनेक्रममा ४८ बल तथा वसन्त कार्कीले ३२ रन बनाउनेक्रममा ३६ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्ननसक्दा टोलि कम स्कोरमा समेटिन पुगेको टिम कप्तान नारायण जोशीले बताए।बलिङ्गतर्फ,प्लेट च्याम्पियन बझाङका लागि अशोक धामीले २ विकेट लिनेक्रममा ७ ओभर बलिङ गर्दै ५२ रन खर्चंदा सञ्जय बोहरा,सुशील रावल,भरत चन्द तथा निरज सार्कीले समान १/१ विकेट लिन सफल भए।

२१२ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको प्लेट च्याम्पियन बझाङले निर्धारित ३५ ओभरको खेलमा २६.५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति १०६ रन बनाउनसक्दा खेल १०५ रनको फराकिलो अन्तरले गुमाउनपुग्यो।ब्याटिङ्गतर्फ,प्लेट च्याम्पियन बझाङका लागि किरन कार्कीले सर्वाधिक ३९ रन बनाउने क्रममा ७५ बल खेल्दा अर्का ब्याट्सम्यान अभिषेक मल्लले २२ रन बनाउने क्रममा २० बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रनअंक छुन सकेनन्।बलिङतर्फ कैलालीका लागि पारस शुनारले सर्वाधिक ३ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै १ मेडेनसहित १६ रन खर्चिनुका साथै धर्मराज जोशी र डम्मर माझिले पनि २/२ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ प्रतियोगितामा लगातार दोश्रो जित दिलाउन सफल भए।

सुदुरपश्चिम प्रदेशस्तरिय छनोट खेल अन्तर्गत छैटौं दिनको सातौं खेलमा प्लेयर अफ दी म्याच कैलालीका टेक रावत घोषित हुँदै नगद एकहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल  क्रिकेट संघले यहि पौष २७ गतेदेखि रुपन्देही  जिल्लाको सिद्धार्थ रंगशाला सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८० को तयारीस्वरुप यही पौष ८ गतेदेखि पौष २४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदान र बैतडीको सुन्दरखाली  क्रिकेट मैदानमा प्लेट च्याम्पियनसिप र एलाइट च्याम्पियनसिप गरि दुई समुहमा बिभाजन गरि सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता-२०८० सञ्चालन गरेको थियो।

प्रतियोगिताको सातौ दिनको आठौं एकदिवसीय खेल आज पौष २० गते प्लेट च्याम्पियन बझाङ र अछामबीच बिहान ०९:३० बजेदेखि सुरु हुने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका सदस्य बाबुराजा श्रेष्ठ ज्यूले जानकारी गराउनुभयो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy