प्रम कप लुम्बिनी प्रदेशस्तरिय छनोट क्रिकेट : लभकुसको अलराउन्ड प्रदर्शनमा बाँके विजयी

लोकेश जोशी / लमही दाङ

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रीकेट छन प्रतियोगिता २०८०को ” ग्रुप बि “को खेल म्याच नं ९ अन्तर्गत आज लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा दाङ जिल्ला बाँके जिल्लासंग ३ विकेटले पराजित गरेसङ्गै लुम्बिनी प्रदेश छनोट प्रतियोगिताको फाइनल प्रवेश गर्यो।

मौसमका कारणले ३९ ओभरमा छोट्टाईएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दाङले ३९ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १४४ रन बनायो। दाङका लागि ब्याटिङमा सर्वाधिक रन मोहन खत्री र आशिष वलिले क्रमशः  ४६ रन बनाए । यो दुई जोडिले पाचौं विकेटको लागि ७६ रनको साझेदारी गरे । मोहनले ५६बलमा २ चौका र एक छक्का मद्दतमा ४६ रन बनाए भने आशिषले ७९ बलमा २ चौकाको मद्दतमा ४६ रन बनाए । त्यस्तै, कप्तान सुशान्त सिङ थापाले १४ रन बनाए भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा दाङलाई सस्तैमा रोक्न बाकेका विजय चौधरी, लभकुश यादव र धन बहादुर छेत्रीले समान २-२ विकेट लिए ।

जवाफी १४५ रनको लक्ष्य पछ्याएको बाँकेले उक्त लक्ष्य ३५.४ ओभरमा आफ्नो महत्त्वपूर्ण ७ विकेट गुमाएर पूरा गर्यो ।ब्याटिङमा बांकेका लागि सुनिल भण्डारीले सर्वाधिक ३८ रनको पारी खेले । त्यस्तै, मोहम्मद सादाब अन्सारीले १७ रन, सिद्धान्त राज शाहीले १४ रन तथा राहुल शर्माले ११ रन बनाए । त्यस्तै, विजय चौधरीले नटआउट १० रन तथा लभकुश यादवले २१ रन नटआउट हुँदै टिमलाई जित दिलाए भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा दाङका सुजल वलिले ८ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।  त्यस्तै, विर बहादुर घर्ती मगरले ६ ओभरमा १ मेडन राखी २२ रन खर्चेर २ विकेट लिए ।

 

यस खेलको प्लेयर अफ दी म्याच बाँकेका लभकुश यादव भएसङ्गै उनलाई नवलपरासी क्रिकेट संघ तथा लुम्बिनी प्रदेश क्रिकेट संघका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार कृष्ण श्रेष्ठले ट्रफी प्रदान गर्नुभयो ।

लुम्बिनी प्रदेश छनोट प्रतियोगिताअन्तर्गत भोलि २१ गते शनिबार दाङले पुनः बर्दियासङ्ग दोस्रो र तेस्रो स्थानका लागि छनोट खेल खेल्नेछ । त्यस्तै, बाँकेले २२ गते आइतबार फाइनलमा नवलपरासीसङ्ग भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशालामा खेल्नेछ ।

प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशस्तरिय छनोट खेल पुस १२ गते देखि २२ गते सम्म संचालन गरिएको हो । यहाँबाट उत्कृष्ट खेल्ने खेलाडीहरुलाई प्रम कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशको टिम निर्माण गरिनेछ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy