प्रम कप पुरुष सुदुरपश्चिम प्रादेशिक छनोट : रोहित खड्काको उत्कृष्ट बलिङमा अछामको पहिलो जित

२०८० पुष २०, शुक्रबार १९:३८

लोकेश जोशी/धनगढी

सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा यहि पौष १४ गतेदेखि पौष २४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको एलाइट च्याम्पियनसिप अन्तर्गतको छैटौं दिनको आठौं खेलमा अछामले प्लेट च्याम्पियन बझाङलाई ५१ रनको फराकिलो अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जित पनि निकालेको छ।

प्रतियोगिताको सातौं खेलमा अछामले टस जित्दै पहिला ब्याटिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप, अछामले खराब मौसमका कारण हुनुपर्ने ५० ओभरको खेललाई ३५ ओभरमा झारिएकोमा २४.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १३९ रन जोड्नसक्यो।ब्याटिङ्गतर्फ, अछामका लागि कप्तान राजु रिजालले सर्वाधिक ४९ रन बनाउनेक्रममा ६२ बल खेल्दा अर्का ब्याट्सम्यान महाजन कुँवर र सुरज तिरुवाले क्रमशः १६ रन र १० रन बनाउनेक्रममा क्रमशः ३६ र २१ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्ननसक्दा टोलि कम स्कोरमा समेटिन पुगेको टिम कप्तान राजु रिजालले बताए।बलिङ्गतर्फ,प्लेट च्याम्पियन बझाङका लागि पारस रोकायाले २ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै ११ रन खर्चंदा सुशील रावलले २ विकेट लिनेक्रममा ३२ रन तथा भरत चन्दले २ विकेट लिनेक्रममा ३५ रन खर्चिनपुगे।

१४० रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको प्लेट च्याम्पियन बझाङले निर्धारित ३५ ओभरको खेलमा २४.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र ८८ रन बनाउनसक्दा खेल ५१ रनको फराकिलो अन्तरले गुमाउनपुग्यो।ब्याटिङ्गतर्फ,प्लेट च्याम्पियन बझाङका लागि सनम बुढाथोकीले सर्वाधिक २१ रन बनाउने क्रममा २३ बल खेल्दा अर्का ब्याट्सम्यान सुशील रावल र अशोक धामीले समान १५/१५ रन बनाउने क्रममा ३२ र २७  बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रनअंक छुन सकेनन्।बलिङतर्फ, अछामका लागि रोहित खड्काले सर्वाधिक ४ विकेट लिनेक्रममा ७ ओभर बलिङ गर्दै ३ मेडेनसहित १२ रन खर्चिनुका साथै युवराज खत्रीले पनि महत्त्वपूर्ण ३ विकेट लिनेक्रममा ७ ओभर बलिङ गर्दै ३ मेडेनसहित १३ रन खर्चिदै आफ्नो टोलिलाइ प्रतियोगितामा पहिलो जित दिलाउन सफल भए।

सुदुरपश्चिम प्रदेशस्तरिय छनोट खेल अन्तर्गत सातौं दिनको आठौं खेलमा प्लेयर अफ दी म्याच अछामका रोहित खड्का घोषित हुँदै नगद एकहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल  क्रिकेट संघले यहि पौष २७ गतेदेखि रुपन्देही  जिल्लाको सिद्धार्थ रंगशाला सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८० को तयारीस्वरुप यही पौष ८ गतेदेखि पौष २४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदान र बैतडीको सुन्दरखाली  क्रिकेट मैदानमा प्लेट च्याम्पियनसिप र एलाइट च्याम्पियनसिप गरि दुई समुहमा बिभाजन गरि सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता-२०८० सञ्चालन गरेको थियो।

प्रतियोगिताको आठौं दिनको नवौं एकदिवसीय खेल आज पौष २१ गते बैतडी र कञ्चनपुरबीच बिहान ०९:३० बजेदेखि सुरु हुने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरा ज्यूले जानकारी गराउनुभयो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy