प्रम कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट : शुशान्त र विराटको उत्कृष्ट ब्याटिङ साझेदारीमा दाङ विजयी

लोकेश जोशी / लमही दाङ

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिता-२०८० को लिग चरणको अन्तिम दशौं खेलमा आज लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा भएको ग्रुप बि अन्तर्गतको दोस्रो र तेस्रो स्थानको खेलमा दाङले बर्दियालाई १० विकेटले पराजित गरेको हो ।

मौसमका कारणले ४४ ओभरमा छोट्टाईएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बर्दियाले ३३.२ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्र ९४ रन बनायो ।ब्याटिङमा बर्दियाका लागि सर्वाधिक हेमन्त आचार्यले ४८ रन नटआउट बनाए । तेस्तै सुजल केसिले १४ रन बनाए । ७ विकेटका लागि हेमन्त र सुजलको जोडिले ३४ रनको साझेदारी गरेका थिए । ४ जना खेलाडीले खाता समेत खोल्न सकेनन् भने अन्यले दोहोरो अंकसमेत जोडेनन । बर्दियालाई सस्तैमा समेट्न दाङका बलर विरबहादुर घर्तीमगरले सर्वाधिक ४ विकेट लिनेक्रममा ९ ओभरमा २ मेडन राखी २३ रन खर्चंदा अर्का बलर आशिस वलिले महत्त्वपूर्ण ३ विकेट लिनेक्रममा ६.२ ओभर बलिङ गर्दै १६ रन खर्चिए साथै मिलन विसि, मोहन खत्री र विराटसिंह भण्डारीले समान १-१ विकेट लिए।

जवाफी ९५ रनको लक्ष्य पछ्याएको दाङले १९.५ ओभरमा कुनै पनि विकेट नगुमाई उक्त लक्ष्य पूरा गर्यो । त्यस्तै, दाङका लागि कप्तान सुशान्तसिंह थापाले ५५ बलमा ८ चौकाको मद्दतमा ४८ रन बनाए भने विराटसिंह भण्डारीले ६४ बलमा ३ चौकाको मद्दतमा ३२ रन बनाए। बलिङमा बर्दियाका लागि सुमित श्रेष्ठले ७ ओभरमा २ मेडन राखी  १२ रन खर्चिए ।

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिता-२०८० अन्तर्गतको दशौं अर्थात अन्तिम खेलको प्लेयर अफ दी म्याच दाङका विरबहादुर घर्तीमगर भएसङ्गै उनलाई नेपाल क्रीकेट संघका सहायक प्रशिक्षक वसन्त शाहीठकुरीले ट्रफी प्रदान गरे।

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता-२०८० अन्तर्गत भोलि २२ गते फाइनल खेल नवलपरासी र बाँके बिच सिदार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । प्रधानमन्त्री कपका लागि छनौट प्रतियोगिताको आयोजना गरिएको हो । पौष १२ देखि २२ गते सम्म सञ्चालन भएको छनौट प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाले सहभागी जनाएका थिए । सहभागी टिमहरुलाई दुई भागमा बिभाजन गरिएको थियो । समूह ए मा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तु समामेश गरिएकोमा  समूह बि मा दाङ, बाँके र बर्दिया समावेश गरि प्रतियोगिता सञ्चालन गरिएको थियो। योभन्दा अघि समूह ए बाट नवलपरासी फाईनल प्रबेश गरेको छ भने समूह बि बाट हिजो दाङलाई हराउँदै बाँके फाईनल प्रबेश गरेको हो। बाँके र नवलपरासी बिचको फाईनल प्रतिस्पर्धा आईतबार सिदार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेल्ने १४ खेलाडीहरुको छनौट गरि लुम्बिनी प्रदेश क्रिकेट टिम खडा गरिनेछ र सो टिम आगामी २७ गतेदेखी हुने प्रधानमन्त्री कपमा सहभागी हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिनुभयो





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]