प्रम कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट : शुशान्त र विराटको उत्कृष्ट ब्याटिङ साझेदारीमा दाङ विजयी

२०८० पुष २१, शनिबार २०:४९

लोकेश जोशी / लमही दाङ

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिता-२०८० को लिग चरणको अन्तिम दशौं खेलमा आज लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा भएको ग्रुप बि अन्तर्गतको दोस्रो र तेस्रो स्थानको खेलमा दाङले बर्दियालाई १० विकेटले पराजित गरेको हो ।

मौसमका कारणले ४४ ओभरमा छोट्टाईएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बर्दियाले ३३.२ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्र ९४ रन बनायो ।ब्याटिङमा बर्दियाका लागि सर्वाधिक हेमन्त आचार्यले ४८ रन नटआउट बनाए । तेस्तै सुजल केसिले १४ रन बनाए । ७ विकेटका लागि हेमन्त र सुजलको जोडिले ३४ रनको साझेदारी गरेका थिए । ४ जना खेलाडीले खाता समेत खोल्न सकेनन् भने अन्यले दोहोरो अंकसमेत जोडेनन । बर्दियालाई सस्तैमा समेट्न दाङका बलर विरबहादुर घर्तीमगरले सर्वाधिक ४ विकेट लिनेक्रममा ९ ओभरमा २ मेडन राखी २३ रन खर्चंदा अर्का बलर आशिस वलिले महत्त्वपूर्ण ३ विकेट लिनेक्रममा ६.२ ओभर बलिङ गर्दै १६ रन खर्चिए साथै मिलन विसि, मोहन खत्री र विराटसिंह भण्डारीले समान १-१ विकेट लिए।

जवाफी ९५ रनको लक्ष्य पछ्याएको दाङले १९.५ ओभरमा कुनै पनि विकेट नगुमाई उक्त लक्ष्य पूरा गर्यो । त्यस्तै, दाङका लागि कप्तान सुशान्तसिंह थापाले ५५ बलमा ८ चौकाको मद्दतमा ४८ रन बनाए भने विराटसिंह भण्डारीले ६४ बलमा ३ चौकाको मद्दतमा ३२ रन बनाए। बलिङमा बर्दियाका लागि सुमित श्रेष्ठले ७ ओभरमा २ मेडन राखी  १२ रन खर्चिए ।

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिता-२०८० अन्तर्गतको दशौं अर्थात अन्तिम खेलको प्लेयर अफ दी म्याच दाङका विरबहादुर घर्तीमगर भएसङ्गै उनलाई नेपाल क्रीकेट संघका सहायक प्रशिक्षक वसन्त शाहीठकुरीले ट्रफी प्रदान गरे।

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता-२०८० अन्तर्गत भोलि २२ गते फाइनल खेल नवलपरासी र बाँके बिच सिदार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । प्रधानमन्त्री कपका लागि छनौट प्रतियोगिताको आयोजना गरिएको हो । पौष १२ देखि २२ गते सम्म सञ्चालन भएको छनौट प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाले सहभागी जनाएका थिए । सहभागी टिमहरुलाई दुई भागमा बिभाजन गरिएको थियो । समूह ए मा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तु समामेश गरिएकोमा  समूह बि मा दाङ, बाँके र बर्दिया समावेश गरि प्रतियोगिता सञ्चालन गरिएको थियो। योभन्दा अघि समूह ए बाट नवलपरासी फाईनल प्रबेश गरेको छ भने समूह बि बाट हिजो दाङलाई हराउँदै बाँके फाईनल प्रबेश गरेको हो। बाँके र नवलपरासी बिचको फाईनल प्रतिस्पर्धा आईतबार सिदार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेल्ने १४ खेलाडीहरुको छनौट गरि लुम्बिनी प्रदेश क्रिकेट टिम खडा गरिनेछ र सो टिम आगामी २७ गतेदेखी हुने प्रधानमन्त्री कपमा सहभागी हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिनुभयो

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy