लोकेश जोशी/धनगढी
कैलालीको धनगढी स्थित फाप्ला मैदानमा जारि प्रधानमन्त्री कप(पुरुष ) प्रादेशिक छनोट अन्तर्गत एलाइट च्याम्पियनसिप अन्तर्गतको आठौं दिन सम्पन्न प्रतियोगिताको नवौं खेलमा बैतडीले कञ्चनपुरलाई २० रनको झिनो अन्तरले पराजित गर्दै लगातार तेश्रो जित निकाल्न पनि सफल भएको छ।
प्रतियोगिताको नवौं खेलमा बैतडीले टस जित्दै पहिला ब्याटिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप, खराब मौसमका कारण हुनुपर्ने ५० ओभरको खेललाई ३५ ओभरमा झारिएको खेलमा बैतडीले ३३.३ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १८५ रन जोड्नसक्यो।ब्याटिङ्गतर्फ, बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेल्नेक्रममा ४७ बल खेल्दा अर्का ब्याट्सम्यान सुदिप टमटाले ५० रनको अर्धशतकिय पारी खेल्नेक्रममा ५५ बल तथा खडक बोहराले ३३ रन बनाउनेक्रममा ३६ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्ननसक्दा टोलि कम स्कोरमा समेटिन पुगेको टिम व्यवस्थापक बिनोद बिष्टले बताए।बलिङ्गतर्फ, कञ्चनपुरका लागि दिपक चन्दले ३ विकेट लिनेक्रममा ६.३ ओभर बलिङ गर्दै २८ रन खर्चंदा भरत चन्दले पनि ३ विकेट लिनेक्रममा ६ ओभर बलिङ गर्दै १ मेडेनसहित ३१ रन खर्चिनपुगे।त्यस्तै, प्रकाश पाण्डेले २ विकेट लिनेक्रममा ३ ओभर बलिङ गर्दै २० रन खर्चिनपुगे।
१८६ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कञ्चनपुरले निर्धारित ३५ ओभरको ९ विकेटको क्षति १६५ रन बनाउनसक्दा खेल २० रनको झिनो अन्तरले गुमाउनपुग्यो।ब्याटिङ्गतर्फ, कञ्चनपुरका लागि कप्तान अभिषेक थापाले सर्वाधिक ६५ रनको अर्धशतकिय पारी खेल्नेक्रममा ८६ बल खेल्दा अर्का ब्याट्सम्यान प्रकाश पाण्डेले ४४ रन बनाउनेक्रममा ४९ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रनअंक छुन सकेनन्।बलिङतर्फ, बैतडीका लागि हिक्मत महराले सर्वाधिक ४ विकेट लिनेक्रममा ७ ओभर बलिङ गर्दै २ मेडेनसहित ३२ रन खर्चिनुका साथै खडक बोहराले पनि महत्त्वपूर्ण ३ विकेट लिनेक्रममा ७ ओभर बलिङ गर्दै २९ रन खर्चिदै आफ्नो टोलिलाइ प्रतियोगितामा लगातार तेश्रो जित दिलाउन पनि सफल भए।
सुदुरपश्चिम प्रदेशस्तरिय छनोट खेल अन्तर्गत आठौं दिनको नवौं खेलमा प्लेयर अफ दी म्याच बैतडीका खडक बोहरा घोषित हुँदै नगद एकहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।
प्रतियोगिताको नवौं दिनको दशौं तथा लिगको अन्तिम एकदिवसीय खेल आज पौष २२ गते कैलाली र बैतडीबीच बिहान ०९:३० बजेदेखि सुरु हुने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए।
राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल क्रिकेट संघले यहि पौष २७ गतेदेखि रुपन्देही जिल्लाको सिद्धार्थ रंगशाला सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८० को तयारीस्वरुप यही पौष ८ गतेदेखि पौष २४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदान र बैतडीको सुन्दरखाली क्रिकेट मैदानमा प्लेट च्याम्पियनसिप र एलाइट च्याम्पियनसिप गरि दुई समुहमा बिभाजन गरि सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता-२०८० सञ्चालन गरेको थियो।
