प्रम कप(पुरुष)प्रदेशस्तरिय छनोट क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

लोकेश जोशी / धनगढी

प्रम कप(पुरुष)प्रदेशस्तरिय छनोट क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक धनगढीको होटल जुमेरामा एक कार्यक्रमबीच गरिएको छ। सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रममा प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरा तथा कैलाली जिल्ला क्रिकेट संघका सचिव तथा प्रतियोगिता उप-संयोजक देवनारायण झाले प्रम कप(पुरुष)प्रदेशस्तरिय छनोट क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक कार्यक्रममा उपाध्यक्ष तथा प्रतियोगिता संयोजक बोहराले खेलकुदको बिकासमा संघ प्रतिबद्ध रहेको भन्दै खेलकुदको विकासका लागि संघ सकारात्मक रहेको बताए । उनले संघले कसैलाई पनि पक्षपात नगरी खेलको विकासमा लागि लाग्ने धारणा राखे । संघले पहिलो पटक प्रदेश खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो ।

 

ट्रफीलाई यसपटक रचनात्मक ढंगले फरक बनाइएको र ट्रफीलाई प्रदर्शनीका लागि प्रदेशका आठै टोलीमा पुर्‍याइने कैलाली जिल्ला क्रिकेट संघका सचिव तथा प्रतियोगिताका उप-संयोजक देवनारायण झाले जानकारी दिए ।

प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरिय एकदिवसीय छनोट क्रिकेट प्रतियोगिता पौष ०८ देखि पौष २४ गतेसम्म सुदुरपश्चिम प्रदेशका बैतडी र कैलाली जिल्लामा प्लेट र एलाइट च्याम्पियनसिप गरि दुई समूहमा बिभाजन गरि आयोजना गरिएको हो।

 

उपाध्यक्ष तथा प्रतियोगिता संयोजक बोहराले प्रदेशमा क्रिकेटको ट्रेनिङ सेन्टर खोल्न सम्वन्धित निकायसँग आवश्यक छलफल गर्ने बताएका छन् । सोमबार धनगढी जुमेरा होटलमा औपाचारिक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको ट्रफी फाइनल पुग्न सफल दुई टोलि कैलाली र बैतडीका कप्तान तथा व्यवस्थापककाबीच सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]