प्रम कप(पुरुष)प्रदेशस्तरिय छनोट क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

२०८० पुष २३, सोमबार २१:०९

लोकेश जोशी / धनगढी

प्रम कप(पुरुष)प्रदेशस्तरिय छनोट क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक धनगढीको होटल जुमेरामा एक कार्यक्रमबीच गरिएको छ। सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रममा प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरा तथा कैलाली जिल्ला क्रिकेट संघका सचिव तथा प्रतियोगिता उप-संयोजक देवनारायण झाले प्रम कप(पुरुष)प्रदेशस्तरिय छनोट क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक कार्यक्रममा उपाध्यक्ष तथा प्रतियोगिता संयोजक बोहराले खेलकुदको बिकासमा संघ प्रतिबद्ध रहेको भन्दै खेलकुदको विकासका लागि संघ सकारात्मक रहेको बताए । उनले संघले कसैलाई पनि पक्षपात नगरी खेलको विकासमा लागि लाग्ने धारणा राखे । संघले पहिलो पटक प्रदेश खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो ।

 

ट्रफीलाई यसपटक रचनात्मक ढंगले फरक बनाइएको र ट्रफीलाई प्रदर्शनीका लागि प्रदेशका आठै टोलीमा पुर्‍याइने कैलाली जिल्ला क्रिकेट संघका सचिव तथा प्रतियोगिताका उप-संयोजक देवनारायण झाले जानकारी दिए ।

प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरिय एकदिवसीय छनोट क्रिकेट प्रतियोगिता पौष ०८ देखि पौष २४ गतेसम्म सुदुरपश्चिम प्रदेशका बैतडी र कैलाली जिल्लामा प्लेट र एलाइट च्याम्पियनसिप गरि दुई समूहमा बिभाजन गरि आयोजना गरिएको हो।

 

उपाध्यक्ष तथा प्रतियोगिता संयोजक बोहराले प्रदेशमा क्रिकेटको ट्रेनिङ सेन्टर खोल्न सम्वन्धित निकायसँग आवश्यक छलफल गर्ने बताएका छन् । सोमबार धनगढी जुमेरा होटलमा औपाचारिक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको ट्रफी फाइनल पुग्न सफल दुई टोलि कैलाली र बैतडीका कप्तान तथा व्यवस्थापककाबीच सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy