प्रम कप पुरुष सुदुरपश्चिम प्रादेशिक छनोट : नारायण जोशीको उत्कृष्ट शतकमा कैलालीलाई उपाधी

लोकेश जोशी/धनगढी

कैलालीको धनगढी स्थित फाप्ला मैदानमा जारि प्रधानमन्त्री कप(पुरुष)प्रादेशिक छनोट अन्तर्गत एलाइट च्याम्पियनसिपको दशौं दिन सम्पन्न प्रतियोगिताको एघारौं खेल अर्थात फाइनल खेलमा कैलालीले बैतडीलाई ३७ रनको अन्तरले पराजित गर्दै लगातार चौथो जित निकाल्न पनि सफल हुँदै प्रतियोगिताको उपाधी जित्न पनि सफल भएको छ।

प्रतियोगिताको दशौं खेलमा कैलालीले टस जित्दै पहिला ब्याटिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप, खराब मौसमका कारण हुनुपर्ने ५० ओभरको खेललाई ४० ओभरमा झारिएको खेलमा कैलालीले ४० ओभर खेल्दै ६ विकेटको क्षति २६९ रन बनाउन सफल भयो।ब्याटिङ्गतर्फ, कैलालीका लागि कप्तान नारायण जोशीले सर्वाधिक १०१ रनको शतकीय पारी खेल्ने क्रममा ८४ बल खेल्दा अर्का ब्याट्सम्यान शेर मल्लले ५० रनको अर्धशतकिय पारी खेल्ने क्रममा २९ बल तथा वसन्त कार्कीले ३३ रन बनाउनेक्रममा ६२ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्नसक्दा टोलिले प्रतियोगिताकै सबैभन्दा उच्च स्कोर बनाउने टिम बनेको  व्यवस्थापक दिनेश महर्जनले बताए।बलिङ्गतर्फ, बैतडीका लागि खडक बोहराले ३ विकेट लिनेक्रममा ७ ओभर बलिङ गर्दै ५९ रन खर्चंदा कप्तान वसन्त खत्रीले पनि महत्त्वपूर्ण २ विकेट लिनेक्रममा ८ ओभर बलिङ गर्दै २ मेडेनसहित ४९ रन खर्चिनपुगे।

२७०  रनको उच्चतम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बैतडीले निर्धारित ४० ओभरको खेलमा सम्पुर्ण  विकेटको क्षति मात्र २३२ रन बनाउनसक्दा खेल ३७ रनको अन्तरले गुमाउनपुग्दै प्रतियोगिताको उपाधी पनि गुमाउनपुग्यो।ब्याटिङ्गतर्फ, बैतडीका लागि खडक बोहराले सर्वाधिक ७४ रनको अर्धशतकिय पारी खेल्नेक्रममा ७७  बल खेल्दा अर्का ब्याट्सम्यान नरेन भट्टले ५९ रन बनाउनेक्रममा ५५ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्ननसक्दा टोलि पराजित हुनपुगेको टिम व्यवस्थापक विनोद बिष्टले बताए। बलिङतर्फ, कैलालीका लागि कप्तान नारायण जोशीले सर्वाधिक ३ विकेट लिनेक्रममा ७ ओभर बलिङ गर्दै १ मेडेनसहित ४६ रन खर्चिनुका साथै शेर मल्ल र धर्मराज जोशीले पनि समान २/२  विकेट लिनेक्रममा क्रमशः ८ ओभरमा ३६ रन तथा ७ ओभरमा ५७ रन खर्चिदै आफ्नो टोलिलाइ प्रतियोगितामा लगातार चौथो जित दिलाउन पनि सफल हुँदै प्रतियोगिताको उपाधी जिताउन पनि सफल भएका हुन्।

सुदुरपश्चिम प्रदेशस्तरिय छनोट क्रिकेट खेल अन्तर्गत दशौं दिनको एघारौं खेलमा प्लेयर अफ दी म्याच कैलालीका कप्तान नारायण जोशी घोषित हुँदै नगद एकहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।

विजेता, उपविजेता टोलीलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउँद, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीलगायतले पुरूस्कार वितरण गरे ।

छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरी सुदूरपश्चिमको टोली घोषणा गरिनेछ ।

 

प्रधानमन्त्री कप पुरुष सुदुरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगिताको समापन समारोहमा सभापतित्व सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वाशुदेव जोशीले गर्नुका साथै प्रमुख आतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय झपटबहादुर साउँद रहनुभएको हो।त्यस्तै,विशिष्ट अतिथिहरुमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द,नेपाल क्रिकेट संघकै केन्द्रिय सदस्य धिरेन्द्र साउँद,कैलाली जिल्ला क्रिकेट संघका सदस्य लोकबहादुर खड्का,गुरुजी सर्टिङ एन्ड सुर्टिङका प्रवन्धक सतिष जोशी तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष र प्रतियोगिता संयोजक रमेश बोहरा रहेको कार्यक्रमका अतिथिहरुमा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष तथा सदस्य त्रय दिनेशबहादुर सिंह,बाबुराजा श्रेष्ठ तथा रमेश चन्द रहनु भएको हो।

 

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल  क्रिकेट संघले यहि पौष २७ गतेदेखि रुपन्देही  जिल्लाको सिद्धार्थ रंगशाला काठमाडौको त्रिभुवन विश्वविद्यालय तथा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एकसाथ सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८० को तयारीस्वरुप यही पौष ८ गतेदेखि पौष २४ गतेसम्म बैतडीको सुन्दरखाली क्रिकेट मैदान र धनगढीको फाप्ला  क्रिकेट मैदानमा प्लेट च्याम्पियनसिप र एलाइट च्याम्पियनसिप गरि दुई समुहमा बिभाजन गरि सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता-२०८० सञ्चालन गरेको थियो।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]