तिलोत्तमा क्रिकेट लिग शुरु, उद्धघाटन खेलमा विश्व लायन टटल्स विजयी

तिलोत्तमा । तिलोत्तमा क्रिकेट लिग–२०८२ बुधबारबाट शुरु भएको छ ।

तिलोत्तमा क्रिकेट विकास समिति तिलोत्तमाको आयोजनामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा शुरु भएको अक्सन बेस प्रतियोगिताको नगर प्रमुख रामकृष्ण खाँणले बुधबार एक समारोहका बीच उद्धघाटन गरेका हुन ।

फ्रेन्चाइजमा आधारित कुल ६ टोली सहभागी प्रतियोगिताको उद्धघाटन खेलमा बुटवल डाइनामाइटलाई ९ विकेटले पाखा लगाउदै विश्व लायन टटल्सले विजयी शुरुवात गरेको छ ।

बुधबार टस हारेर ब्याटिँग गरेको बुटवल डाइनामाइटले निर्धारित २० ओवरको खेलमा मात्रै १५ दशमलव २ ओवर खेलेर ६४ रन जोड्न सक्यो । बुटवल डाइनामाइटका लागी सागर गैरेले १२ तथा सुप्रिम कँडेलले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन ।

यता डाइनामाइटलाई सस्तैमा समेट्ने क्रममा विश्व लायन टटल्सका शुभम खनालले ४ ओवरमा १ मेडन राख्दै ११ रन खर्चेर महत्वपुर्ण ४ विकेट हात पारे भने कप्तान आशुतोष पाण्डेले २ विकेट लिए । ६५ रनको झिनो लक्ष्य पछ्याएको विश्व लायन टटल्सले मात्र ७ ओवर खेलेर १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । विश्व लायन टटल्सको जितमा रोजन कुमालले विस्फोटक ब्याटिँग गर्दै २१ बलमा ३५ रनको महत्वपुर्ण नटआउट पारी खेले । आउट हुनु अघि अमन बोहोराले १३ रनको योगदान दिए भने नविन भण्डारीले ३ बलमा ७ रन बनाई नटआउट रहे भने बुटवल डाइनामाइटका सागर गैरेले १ विकेट हात पारे ।

बुधबारको पहिलो उद्धघाटन खेलमा विश्व लायन टटल्सका रोजन कुमाल गेम चेन्जरको उपाधी प्राप्त गरे भने विजेता टिम कै शुभम खनाल म्यान अफ दी म्याच घोषित भए ।

उद्धघाटन सत्रमा तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीको अध्यक्षता तथा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाडको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, माउण्ट एभरेष्ट कत्था मिल्सका चेयरम्यान बसन्त रोका क्षेत्री, तिलोत्तमा वडा न १७ का अध्यक्ष दान बहादुर चौधरी, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका प्रोपराइटर बिनोद कुवँर, अतिथिहरु विश्वनाथ यादव, धीरज क्षेत्री, संन्जीव भण्डारी, श्रीराम नेपाली लगायतको सहभागिता रहेको थियो । उपाध्यक्ष कृष्ण भुसालको स्वागत तथा सचिव मिलन भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा बिहिबार २ खेलको आयोजना गरिएको छ । पहिलो खेल ठिक ९ बजे नेपथ्य इगल्स तथा पी टु के डी स्क्वाड र दिउँसो १ बजे खेलासिकी ओर्कास तथा रामापुर रिभाइभलियन्स भिड्नेछन ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy