पपुवा न्यु गिनी ११४ रनमै अलआउट, सन्दिप र दिपेन्द्रको उत्कृस्ट बलिंग

Nepal Cricket Team

आईसीसी बिश्वकप छनौट अन्तर्गत प्लेअफको महत्वपूर्ण खेलमा पपुवा न्यु गिनीसंग प्रतिस्पर्धा गरिरहेको नेपालले शानदार प्रदर्शन गरिरहेको छ। टस जितेर हरारेमा पहिले फिल्डिंग रोजेको नेपालले पपुवा न्यु गिनीलाई ११४ रनमै अलआउट गरेको हो।

नेपालको लागि पहिलो विकेट सोमपाल कामिले तेश्रो ओभरमा कप्तान असद भालालाई १० रनमा एलबिडब्लु आउट गर्दै दिलाएका थिए। त्यसपछि आठौँ ओभरमा करन केसीले टिपी उरालाई ( ११ रन ) विकेटकिपर अनिल साहको हातमा क्याच थमाएका थिए।

२९/२ को अवस्थामा रहेको पपुवा न्यु गिनीले पुनः सम्हालिने प्रयास गर्दा सन्दिप लामिछानेले १३ औं ओभरमा चाड सोपरलाई १० रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु गर्दै ५४/३ को अवस्थामा पुर्याए। त्यसपछि पनि सन्दिप रोकिएनन् र ११ रन बनाएका सेसे बाउलाई बोल्ड गर्दै चौथो सफलता दिलाए।

Sandeep Lamichhane
सन्दिप लामिछानेले ४ विकेट लिए

त्यसलगतै सन्दिपले महुरु दाईलाई पनि ५ रनको स्कोरमा क्याच आउट गराउदा पपुवा न्यु गिनी १६.१ ओभरमा ६३/५ को नाजुक अवस्थामा पुगेको थियो।  त्यसपछि पनि विकेट जाने शिलशिला थामिएन र दिपेन्द्र ऐरीले लगातार ४ विकेट लिंदै न्यु गिनीलाई लज्जास्पद स्कोरमा अलआउट गर्न महत्वपूर्ण भूमिका खेले।

दिपेन्द्रले ४.४ ओभरमा मात्र १४ रन दिएर ४ विकेट लिंदा न्यु गिनीको तल्लो क्रमलाई ध्वस्त पारे। सन्दिप लामिछानेले ८ ओभर बलिंग गर्दै ४ विकेट लिन २९ रन मात्र खर्चिए। सोमपालले ६ ओभरमा १८ रन तथा करनले ५ ओभरमा २४ रन खर्चेर १/१ विकेट लिए।

पपुवा न्यु गिनीको लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन तथा जे किलाले १५ रन योगदान दिए।

पपुवा न्यु गिनीसंग, जित्दा के हार्दा के ?

प्रतियोगितामा उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई ४ बर्षको लागि अस्थाई एकदिवसीय राष्ट्रको मान्यता दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले घोषणा गरेको हुँदा अब सुपर सिक्स पुग्न असफल रास्ट्रहरु नेपाल, हंगकंग र पपुवा न्यु गिनीको लक्ष्य एकदिवसीय रास्ट्रको मान्यता पाउने रहेको छ। प्रतियोगिताको समुह ‘ए’ बाट युएईले तथा समुह ‘बि’ बाट स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने निश्चित भएको छ। अब एकदिवसीय मान्यता पाउन एउटा मात्र देशको निर्क्योल हुन बाँकी छ। नेपाल, पपुवा न्यु गिनी र हंगकंग मध्ये उत्कृस्ट हुने १ टिमले एकदिवसीय मान्यता पाउनेछ।

जित्दा के हार्दा के ?

१. समुह ‘बि’ को चौथो स्थानमा रहेकोले अब नेपालले प्लेअफमा समुह ‘ए’ को अन्तिम टिम पपुवा न्यु गिनीको सामना गर्दैछ र नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नेपर्नेछ। पपुवा न्यु गिनीलाई पराजित गरेपछि नेपालले सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्न पाउनेछ। हंगकंग र नेदरल्याण्ड बीच आजै प्ले-अफको अर्को खेल हुनेछ जसमा यदी हंगकंग पराजित भए र नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको खण्डमा नेपालले सातौँ स्थानको खेल नखेली एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ। किनकि सातौं स्थानको लागि नेदरल्याण्डसंगको खेल हुनेछ र नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेकोले नतिजा जे भए पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ।

२. यदी नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्यो र उता हंगकंगले पनि नेदरल्याण्डलाई पराजित गर्यो भने नेपाल र हंगकंग बीच सातौँ स्थानको लागि खेल हुनेछ जुन खेलको बिजेताले एकदिवसीय मान्यता पाउनेछ।

३. यदी नेपालले पपुवा न्यु गिनीसंगको प्ले-अफ खेल हारेमा नेपालले एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ। नेपाल हारे पपुवा न्यु गिनीले सातौ स्थानको लागि नेदरल्याण्ड र हंगकंगसंगको बिजेता टिमसंग खेल्नेछ। नेदरल्याण्डले हंगकंगलाई पराजित गर्ने र नेपालले पपुवा न्यु गिनीसंग हारे पपुवा न्यु गिनीले एकदिवसीय मान्यता पाउनेछ।

एकदिवसीय मान्यता पाए के हुन्छ ?

१. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टिमलाई छुट्याउने बजेट ठुलो हुनेछ ( बार्षिक ७-८ करोड ) जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय मान्यता पाउनेला आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]