प्रम कप पुरुष राष्ट्रिय क्रिकेट : रासिद, अनिल र अजयको उत्कृष्ट  प्रदर्शनमा नेपाल पुलिस,मधेस र लुम्बिनी प्रदेशको विजयी सुरुवात

लोकेश जोशी/धनगढी

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारि प्रधानमन्त्री कप(पुरुष)राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो दिनको पहिलो खेलमा नेपाल पुलिस क्लवले बाग्मति प्रदेशलाई  ६८ रन, मधेस प्रदेशले कोसी प्रदेशलाइ ७ विकेट र लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्न पनि सफल भएका हुन्।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लवले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, नेपाल पुलिस क्लवले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको २८२ रन बनाउदै प्रतियोगिताको पहिलो सर्वाधिक ठूलो योगफल बनायो।ब्याटिङ्गतर्फ, नेपाल पुलिस क्लवका लागि रासिद खानले सर्वाधिक १०६ रनको शतकिय पारी खेल्नेक्रममा ११२ बल खेल्दा अर्का ब्याट्सम्यान आरिफ शेखले पनि ५७ रनको अर्धशतकिय पारी खेल्नेक्रममा ६६ बल  खेल्नपुगे।त्यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले २१ रन बनाउनेक्रममा १४ बल,सुनिल धमलाले २० रन बनाउनेक्रममा ३४ बल, अर्जुन साउँदले २० रन बनाउनेक्रममा २३ बल, करन केसीले आक्रामक १५ रन बनाउनेक्रममा ०९ बल तथा दिलिप नाथले १३ रन बनाउनेक्रममा २६ बल खेल्नपुगे। बलिङ्गतर्फ, बाग्मती प्रदेशका लागि रिजन ढकाल र सुर्य तामाङले समान ३/३ विकेट लिनेक्रममा क्रमशः १० ओभर बलिङ गर्दै ५४ रन तथा ९ ओभर बलिङ गर्दै ५० रन खर्चिनपुगे।

२८३ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बाग्मती प्रदेशले निर्धारित ५० ओभरको खेलमा सम्पुर्ण विकेटको क्षति मात्र २१४ रन बनाउनसक्दा खेल  ६८ रनले गुमाउनपुग्यो।ब्याटिङ्गतर्फ, बाग्मती प्रदेशका लागि आशुतोष घिरैय्याले सर्वाधिक ९२ रनको अर्धशतकिय पारी खेल्नेक्रममा ८७ बल खेल्दा अर्का ब्याट्सम्यान इशान पाण्डेले पनि ४४ रन बनाउनेक्रममा ४८ बल खेल्दा सोनु देवकोटाले १९ रन बनाउनेक्रममा १७ बल, विपिन आचार्यले १७ रन बनाउनेक्रममा ३० बल, गौतम केसीले आक्रामक १३ रन बनाउनेक्रममा ०७ बल तथा प्रतीक श्रेष्ठले १० रन बनाउनेक्रममा २१ बल खेलेपनि आफ्नो टोलिलाइ जित दिलाउन भने सकेनन्। बलिङतर्फ,नेपाल पुलिस क्लवका लागि सागर ढकालले सर्वाधिक ३ विकेट लिनेक्रममा ९ ओभर बलिङ गर्दै ५६ रन खर्चँदा कप्तान दिपेन्द्रसिंह ऐरी र रासिद खानले पनि समान २/२ विकेट लिनेक्रममा क्रमशः ८ ओभर बलिङ गर्दै १ मेडेनसहित २४ रन तथा ४.३ ओभर बलिङ गर्दै १ मेडेनसहित १४ खर्चँदै आफ्नो टोलिलाइ पहिलो जित दिलाउन पनि सफल भए।

प्रतियोगिताको दोश्रो खेलमा मधेस प्रदेशले टस जित्दै पहिला फिल्डिङ्ग गर्ने निर्णय लिदै कोसी प्रदेशलाई पहिला ब्याटिङको लागि मैदान उत्रीन निम्तो दिएको हो।फलस्वरूप, कोसी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर खेल्दै सम्पुर्ण विकेटको मात्रै १२७ रन बनाउनसक्यो।ब्याटिङ्गतर्फ, कोसी प्रदेशका लागि फिर्दोष अन्सारीले सर्वाधिक ४१ रन बनाउनेक्रममा ७१ बल खेल्दा अर्का ब्याट्सम्यान कप्तान अंकित सुबेदीले ४० रन बनाउनेक्रममा ५० बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्नसक्दा टोलि सस्तैमा समेटिन पुगेको हो। बलिङ्गतर्फ, मधेस प्रदेशका लागि प्रदिप पासवानले ३ विकेट लिनेक्रममा ७ ओभर बलिङ गर्दै १ मेडेनसहित १५  रन खर्चंदा राजेश यादव,रञ्जित कुमार र पवन सराफले पनि समान २/२  विकेट लिन सफल भए।


१२८  रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको मधेस प्रदेशले निर्धारित ५० ओभरको खेलमा मात्र ३  विकेटको क्षति १२९ रन बनाउन सफल हुँदै प्रतियोगिताको पहिलो खेलमै रोमाञ्चक ७ विकेटको जित निकाल्न पनि सफल भयो।ब्याटिङ्गतर्फ, मधेस प्रदेशका लागि अनिलकुमार शाहले सर्वाधिक ८८ रनको अर्धशतकिय पारी खेल्नेक्रममा ५४  बल खेल्दा अर्का ब्याट्सम्यान कप्तान हरिशंकर शाहले पनि २४ रन बनाउनेक्रममा ३३ बल खेल्दै आफ्नो टोलिलाइ जित दिलाउन पनि सफल भए। बलिङतर्फ, कोसी प्रदेशका लागि सोनु मण्डलले सर्वाधिक २ विकेट लिनेक्रममा ३ ओभर बलिङ गर्दै १५ रन खर्चिनुका साथै सुजन थपलियाले पनि महत्त्वपूर्ण १  विकेट लिनेक्रममा २ ओभर बलिङ गर्दै १९ रन खर्चिन पुगेपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन् ।

प्रतियोगिताको तेश्रो खेलमा लुम्बिनी प्रदेशले टस जित्दै पहिला फिल्डिङ्ग गर्ने निर्णय लिदै गण्डकी प्रदेशलाई पहिला ब्याटिङको लागि मैदान उत्रीन निम्तो दिएको हो।फलस्वरूप, गण्डकी प्रदेशले खराब मौसमका कारण हुनुपर्ने ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको खेलमा ३४.४ ओभर खेल्दै सम्पुर्ण विकेटको मात्रै १११ रन बनाउनसक्यो।ब्याटिङ्गतर्फ, गण्डकी प्रदेशका लागि करन पंगेनीले सर्वाधिक २८ रन बनाउनेक्रममा ६२ बल खेल्दा अर्का ब्याट्सम्यान क्रीश ऐरले १९ रन बनाउनेक्रममा ३४ बल  खेल्दा समीर कँडेल र अमृत गुरुङले समान १३/१३ रन बनाउनेक्रममा क्रमशः १८ र ०९ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्नसक्दा टोलि सस्तैमा समेटिन पुगेको हो। बलिङ्गतर्फ, लुम्बिनी प्रदेशका लागि अजय चौहानले ५ विकेट लिनेक्रममा ८.४ ओभर बलिङ गर्दै २ मेडेनसहित १६ रन खर्चंदा अर्का बलर मोहम्मद हुसैनले पनि २ विकेट लिनेक्रममा ८ ओभर बलिङ गर्दै १ मेडेनसहित २६ रन खर्चिनपुगे।

११२  रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको लुम्बिनी प्रदेशले निर्धारित ४२ ओभरको खेलमा ६  विकेटको क्षति ११३ रन बनाउन सफल हुँदै प्रतियोगिताको पहिलो खेलमै रोमाञ्चक ३ विकेटको जित निकाल्न पनि सफल भयो।ब्याटिङ्गतर्फ, लुम्बिनी प्रदेशका लागि मृनाल गुरुङले सर्वाधिक ४७ रनको पारी खेल्नेक्रममा ७८ बल खेल्दा अर्का ब्याट्सम्यान मोहम्मद हुसैनले पनि २१ रन बनाउनेक्रममा १८ बल तथा विराट भण्डारीले पनि १० रन बनाउनेक्रममा ३० बल खेल्दै आफ्नो टोलिलाइ जित दिलाउन पनि सफल भए। बलिङतर्फ, गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र कमल परियारले समान ३/३ विकेट लिनेक्रममा क्रमशः  ९ ओभर बलिङ गर्दै २ मेडेनसहित ३६ रन तथा ७ ओभर बलिङ गर्दै १ मेडेनसहित २५ रन खर्चे पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिनको पहिलो खेलमा प्लेयर अफ दी म्याच नेपाल पुलिस क्लवका रासिद खान घोषित हुँदा दोश्रो खेलमा मधेस प्रदेशका अनिलकुमार शाह र तेश्रो खेलमा लुम्बिनी प्रदेशका अजय चौहान घोषित हुँदै नगद पाँचहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल  क्रिकेट संघले  पौष २७ गतेदेखि माघ २० गतेसम्म रुपन्देही  जिल्लाको सिद्धार्थ रंगशाला र  काठमाडौको त्रिभुवन विश्वविद्यालय तथा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एकसाथ सञ्चालन गरेको हो।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]