धनगढीको फाप्ला क्रिकेट मैदानमा सुपर सिक्स क्रीकेट प्रतियोगिता सुरु हुँदै

लोकेश जोशी / धनगढी

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीको फाप्ला क्रीकेट मैदानमा प्रथम एडुपल नेपाल सुपर सिक्स टिचर्स क्रीकेट प्रतियोगिता-२०८० सुरु हुने भएको छ।१० टिम सहभागी रहेको उक्त प्रतियोगिता २ दिन संचालन हुनेछ ।

प्रथम एडुपल नेपाल सुपर सिक्स टिचर्स क्रिकेट प्रतियोगिता-२०८० मा कैलाली जिल्लाभरिका १० विद्यालयका शिक्षकहरु सम्मीलित टोलिले सहभागिता जनाउन लागेका छ्न।प्रतियोगिता चिग चरणमा खेलाइनुका साथै टेनिस बलले खेलाइनेछ। प्रतियोगिता ओभरको ६/६ खेलाइनेछ।प्रतियोगितामा सहभागी हुन आउने विद्यालयका शिक्षकहरु स्वयं विद्यालयको हुन भन्ने प्रमाण खुलाउने परिचयपत्र अनिवार्य आयोजकलाइ बुझाउनुपर्नेछ।

कैलाली जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितालाई मुख्यप्रायोजन धनगढीको चिरपरिचित शैक्षिक संस्था एडुपल नेपालले गर्नुकासाथै सह-प्रायोजक गोदावरी नगरपालिकाको मालिकार्जुन हार्डवेयरले गर्ने भएको छ भने प्लेयर अफ दी सिरिजको प्रायोजन धनगढी-२ का समाजसेवी व्यक्तित्व खम्बासिंह कुँवरले गर्नुकासाथै उत्कृष्ट ब्याटर र बलरको प्रायोजन पी एस टुर्स एण्ड ट्रावल्सले गर्ने भएको छ।प्रतियोगिता अवधिभर सञ्चालन हुने सम्पुर्ण खेलको प्लेयर अफ दी म्याचको प्रायोजन धनगढीको गुरुजी सर्टिङ्ग एण्ड सुर्टिङ्गले गर्ने प्रतियोगिता संयोजक एवं कैलाली जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विनोद लामाले जानकारी गराए।

प्रथम एडुपल नेपाल सुपर सिक्स टिचर्स क्रिकेट प्रतियोगिता-२०८० को प्रथम पुरस्कर नगद बीस हजारसहित प्रमाणपत्र र मेडल तथा द्वितीय पुरस्कर नगद दस हजारसहित प्रमाणपत्र र मेडेल तोकिएको कैलाली जिल्ला क्रीकेट संघका सचिव देवनारायण झाले बताए।

प्रतियोगितामा कैलालीभरिबाट स्टेपिङ स्टोन,मयुर स्कुल,हिलवर्ल्ड स्कुल,श्रजञ्शिल विद्या मन्दिर,सरस्वती मावी,एरिष्टो स्कुल,नेपाल पुलिस स्कुल,ऐश्वर्य विद्या निकेतन,चैतन्य पाठशाला र विद्याभूषण पब्लिक स्कुल गरि १० स्कुलले सहभागी जनाएको दुई समुहमा बिभाजन गरि खेलाउन लागिएको प्रतियोगिता संयोजक विनोद लामाले जानकारी गराए भने भोलि हुने उदघाटन खेलमा एरिष्टो स्कुलले नेपाल पुलिस स्कुलसङ्ग प्रतिस्पर्धा गर्ने पनि जानकारी गराए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]