भरत जोशी उत्कृष्ट खेलाडी हुँदा स्टेपिङ स्टोनलाई सुपर सिक्सेस क्रिकेटको उपाधी

लोकेश जोशी / धनगढी

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीको फाप्ला क्रीकेट मैदानमा सुपर सिक्स टिचर्स क्रिकेट प्रतियोगिता-२०८० को दोश्रो दिन भएका खेलहरुमा नेपाल पुलिस स्कुल,एरिष्टो र स्टेपिङ स्टोन स्कुल विजयी भएका हुन।

नेपाल पुलिस स्कुल ५ विकेटले बिजयी !!

आज भएको पहिलो खेलमा नेपाल पुलिस स्कुल ५ विकेटले बिजयी भएको छ । टस जितेर ब्याटिङ गरेको चैतन्य पाठशालाले निर्धारित ६ ओभरमा सम्पुर्ण विकेट गुमाउदै मात्र ४३ रन बनाउनसक्यो । चैतन्य पाठशालाका लागि रमेश क्षेडालले सर्वाधिक १४ रन बनाउनेक्रममा १४ बल खेल्दा अर्का ब्याट्सम्यान विवेक जोशीले पनि  महत्त्वपूर्ण १२रन बनाउनेक्रममा ०५ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन्। बलिङतर्फ नेपाल पुलिस स्कुलका लागि उत्तम बोहराले सर्वाधिक २ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै ०१ रन खर्चिदा अर्का बलर दिनेश रावलले पनि १ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै ०३ रन खर्चिनपुगे।

४४ रनको बिजयी लक्ष्य पाएको नेपाल पुलिस स्कुलले १ विकेट गुमाउदै ४६ रन बनाउदै रोमाञ्चक ५ विकेटको जित निकाल्दै प्रतियोगितामा लगातार पाँचौं निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न पनि सफल भयो। नेपाल पुलिस स्कुलका लागि रविन्द्र रावलले अविजित सर्वाधिक १७ रन बनाउनेक्रममा ०९ बल खेल्दा अर्का ब्याट्सम्यान उत्तम बोहराले पनि महत्त्वपूर्ण १२ रन बनाउनेक्रममा ०८ बल खेल्न पुगे । चैतन्य पाठशालाका लागि सुवास गितिले सर्वाधिक १ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै १४ रन  खर्चिनपुगे पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्। उक्त खेलमा प्लेयर अफ दी म्याच नेपाल पुलिस स्कुलका उत्तम बोहरा घोषित भएका हुन।

एरिष्टो स्कुल ५६ रनले बिजयी !!

टस हारेर ब्याटिङ गरेको एरिष्टो स्कुलले निर्धारित ओभरमा विना विकेट क्षति ९६ रन बनाउन सफल भयो। एरिष्टो स्कुलका लागि दर्शन थापाले सर्वाधिक ४३ अविजित रन बनाउनेक्रममा २५ बल खेल्दा अर्का ब्याट्सम्यान सुदर्शन पाठकले पनि १३ अविजित रन बनाउनेक्रममा १३ बल खेल्न पुगे। चैतन्य पाठशालाका लागि रमेश क्षेडाल र महेश जोशीले समान ०९ रन खर्चँदा समान ०१ ओभर बलिङ गर्नपुगे।

टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपश्चात ९७ रनको बिजयी लक्ष्य पाएको चैतन्य पाठशालाले निर्धारित ओभरमा ४ विकेटको क्षति मात्र ४० रन जोड्नसक्दा खेल ५६ रनले गुमाउनपुग्यो। चैतन्य पाठशालाका लागि दिपक चौधरीले सर्वाधिक २० अविजित रन बनाउनेक्रममा १२ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन नसक्दा खेलमा पराजित हुनपुगेको खेल शिक्षक तथा खेलाडी दर्शन थापाले बताए। एरिष्टो स्कुलका लागि लोकेन्द्र देउवा,टेकराज कपाडी र दर्शन थापाले समान १ विकेट लिनेक्रममा समान १ ओभर बलिङ गर्दै क्रमशः ०६,१३ र ०७  रन खर्चिनपुगे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका एरिष्टो स्कुलका दर्शन थापा प्लेयर अफ दी म्याच घोषित भए ।

स्टेपिङ स्टोन स्कुल २७ रनले बिजयी !!

टस हारेर ब्याटिङ गरेको स्टेपिङ स्टोन स्कुलले निर्धारित ओभरमा विना विकेटको क्षति १४० रन बनाउदै प्रतियोगिताकै सर्वाधिक रन बनाउने टोलि पनि बन्न सफल भयो। स्टेपिङ स्टोन स्कुलका लागि भरत जोशीले सर्वाधिक ७१अविजित रनको अर्धशतकिय पारी खेल्नेक्रममा २२ बल खेल्दा अर्का ब्याट्सम्यान अमित शर्माले पनि महत्त्वपूर्ण ५१ अविजित रनको अर्धशतकिय पारी खेल्नेक्रममा १५ बल खेल्नपुगे। बलिङतर्फ मयुर स्कुलका लागि विशाल खड्काले १४ रन खर्चिदा १  ओभर बलिङ गर्नपुगे।

१४१ रनको विशाल बिजयी लक्ष्य पछ्याउँदै मैदान मयुर स्कुलले निर्धारित ओभरमा २ विकेट क्षति मात्र ११३ रन बनाउदा खेल २७ रनले गुमाउनपुग्यो। मयुर  स्कुलका लागि विशाल खड्काले सर्वाधिक ६४ रनको अर्धशतकिय पारी खेल्नेक्रममा १९ बल खेल्दा अर्का ब्याट्सम्यान प्रकाश चन्दले पनि महत्त्वपूर्ण ३६ रन बनाउनेक्रममा १२ बल खेल्नपुगे पनि खेल भने जिताउन सकेनन्। स्टेपिङ स्टोन स्कुलका लागि भरत जोशी र कप्तान जगदीश जोशीले समान १ विकेट लिनेक्रममा समान १ ओभर बलिङ गर्दै क्रमशः १० र १९ रन खर्चिन पुगे। उक्त खेलका प्लेयर अफ दी म्याच स्टेपिङ स्टोन स्कुलका भरत जोशी घोषित भए ।

स्टेपिङ स्टोन स्कुल  ७६ रनले बिजयी ¡¡

टस जितेर ब्याटिङ गरेको स्टेपिङ स्टोन स्कुलले निर्धारित ओभरमा ३ बिकेट गुमाउदै ९८ रन बनाउन सफल भएयो। स्टेपिङ स्टोन स्कुलका लागि भरत जोशीले सर्वाधिक ७० रनको अर्धशतकिय पारी खेल्नेक्रममा २८ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन् । नेपाल पुलिस स्कुलका लागि वसन्तप्रसाद जोशीले सर्वाधिक १ बिकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै १८ रन खर्चिनपुगे ।

९९ रनको विशाल बिजयी लक्ष्य पाएको नेपाल पुलिस स्कुलले निर्धारित ६ ओभरको खेलमा ३ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र २२ रन बनाउनसक्दा खेलमा ७६ रनले पराजित हुँदै प्रतियोगिताको उपविजेतामै सीमित रहनपुग्यो। नेपाल पुलिस स्कुलका लागि कुनैपनि खेलाडीले दोहोरो रनअंक छुन नसक्दा आफ्नो टोलिलाइ उपाधि  दिलाउन सकेनन् । स्टेपिङ स्टोन स्कुलका लागि अमित शर्मा र तिलक रावलले समान २ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै क्रमशः ०२ र ०९  रन खर्चिनपुग्दै आफ्नो टोलिलाइ प्रथम एडुपल नेपाल टिचर्स सुपर सिक्सेस क्रिकेट प्रतियोगिता-२०८० उपाधी पनि दिलाउन सफल भए। प्लेयर अफ दी म्याच स्टेपिङ स्टोन स्कुलका भरत जोशी घोषित भए।

उपविजेता नेपाल पुलिस स्कुल

प्रतियोगिताको उत्कृष्ट खेलाडी स्टेपिङ स्टोन स्कुलका भरत जोशी घोषित हुँदा उत्कृष्ट ब्याट्सम्यान र बलर क्रमशः स्टेपिङ स्टोन स्कुलका भरत जोशी तथा मयुर स्कुलका सागर साउँद घोषित हुँदै आकर्षक ट्रफी र प्रमाणपत्र ग्रहण गरेका हुन। कैलाली जिल्ला क्रिकेट संघको आयोजना एडुपल नेपालको मुख्यप्रायोजन तथा मालिकार्जुन हार्डवेयरको सह-प्रायोजनमा माघी पर्वको उपलक्ष्यमा सञ्चालन भएको प्रथम एडुपल नेपाल टीचर्स सुपर सिक्सेस क्रिकेट प्रतियोगिता-२०८० को समापन समारोहमा सभापति कैलाली जिल्ला क्रिकेट संघका सचिव देवनारायण झा रहेको कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडाध्यक्ष बुद्धिबहादुर खड्का रहनुकासाथै विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिका वडा १३ तथा धनगढी उपमहानगरपालिकाकि कार्यपालिका सदस्य निशा औजि,मुख्यप्रायोजक एडुपल नेपालका प्रतिनिधि र अन्य अतिथिहरुमा कैलाली जिल्ला क्रिकेट संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले आसन ग्रहण गरेका हुन।

कैलाली जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितालाई मुख्यप्रायोजन धनगढीको चिरपरिचित शैक्षिक संस्था एडुपल नेपालले गर्नुकासाथै सह-प्रायोजक गोदावरी नगरपालिकाको मालिकार्जुन हार्डवेयरले गर्ने भएको छ भने प्लेयर अफ दी सिरिजको प्रायोजन धनगढी-२ का समाजसेवी व्यक्तित्व खम्बासिंह कुँवरले गर्नुकासाथै उत्कृष्ट ब्याटर र बलरको प्रायोजन पी एस टुर्स एण्ड ट्रावल्सले गर्ने भएको छ।प्रतियोगिता अवधिभर सञ्चालन हुने सम्पुर्ण खेलको प्लेयर अफ दी म्याचको प्रायोजन धनगढीको गुरुजी सर्टिङ्ग एण्ड सुर्टिङ्गले गर्ने प्रतियोगिता संयोजक एवं कैलाली जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विनोद लामाले जानकारी गराए। प्रथम एडुपल नेपाल सुपर सिक्स टिचर्स क्रिकेट प्रतियोगिता-२०८० को प्रथम पुरस्कर नगद बीस हजारसहित प्रमाणपत्र र मेडल तथा द्वितीय पुरस्कर नगद दस हजारसहित प्रमाणपत्र र मेडल तोकिएको कैलाली जिल्ला क्रिकेट संघका सचिव देवनारायण झाले बताए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]