मैत्रीपूर्ण एकदिवसीय क्रिकेट सिरिज : म्याट्रीक्स थापा चम्किदा लम्की क्रिकेट क्लव विजयी

लोकेश जोशी/धनगढी

लम्की क्रिकेट क्लवको आयोजनामा सञ्चालन भइरहेको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा लम्की क्रिकेट क्लवले कैलाली जिल्ला क्रिकेट क्लवलाइ १ विकेटले पराजित गर्दै सिरिजमा १-० ले अगाडि रहन पनि सफल भएको छ।

एकदिवसीय सिरिजको पहिलो खेलमा कैलाली जिल्ला क्रिकेट क्लवले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,कैलाली जिल्ला क्रिकेट क्लवले निर्धारित ४० ओभरमा ९ विकेटको क्षति १९५ रन बनाउनसक्यो।ब्याटिङ्गतर्फ, कैलाली जिल्ला क्रिकेट क्लवका लागि शंकर बोहराले सर्वाधिक ४७ रनको पारी खेल्नेक्रममा ३३ बल खेल्दा अर्का ब्याट्सम्यान सौर्य श्रेष्ठले ३५ रनको पारी खेल्नेक्रममा ३४ बल,निशान रेग्मीले ३४ रनको पारी खेल्नेक्रममा ५९ बल,सुदांशु रावलले १६ रनको पारी खेल्नेक्रममा ३४ बल तथा जीवन थलालले १० रनको पारी खेल्नेक्रममा ९ बल खेल्नपुगे।बलिङ्गतर्फ,लम्की क्रिकेट क्लवका लागि प्रशान्त न्यौपाने र हेमन्त चलाउनेले समान २/२ विकेट लिनेक्रममा क्रमशः ५ ओभर बलिङ गर्दै ३५ रन तथा ४ ओभर बलिङ गर्दै १८ रन खर्चिनपुगे।

१९६ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको लम्की क्रिकेट क्लवले निर्धारित ४० ओभरको खेलमा ३८.१ ओभर खेल्दै ९ विकेटको क्षति १९७ रन  बनाउदै खेल १ विकेटले जित्न सफल हुँदै एकदिवसीय सिरिजमा १-० अग्रता लिन पनि सफल भएको छ।ब्याटिङ्गतर्फ,लम्की क्रिकेट क्लवका लागि म्याट्रीक्स थापाले सर्वाधिक ३४ रनको पारी खेल्नेक्रममा ३६ बल खेल्दा अर्का ब्याट्सम्यान कमल बिष्टले ३० रनको पारी खेल्नेक्रममा ५२ बल,हेमन्त चलाउनेले २३ रनको पारी खेल्नेक्रममा ३२ बल,कवि वमले अविजित २२ रनको पारी खेल्नेक्रममा १८ बल,नवीन न्यौपानेले १८ रनको पारी खेल्नेक्रममा २२ बल तथा भुपेन्द्र शाहीले १२ रनको पारी खेल्नेक्रममा ३४ बल खेल्दै आफ्नो टोलिलाइ जित दिलाउन पनि सफल भए। बलिङतर्फ,कैलाली जिल्ला क्रिकेट क्लवका लागि सुरज कडायत,विनोद बोहरा र सौर्य श्रेष्ठले सर्वाधिक २ विकेट लिनेक्रममा क्रमशः५.१ ओभर बलिङ गर्दै १५ रन, ७ ओभर बलिङ गर्दै १ मेडेनसहित ४७ रन तथा ८ ओभर बलिङ गर्दै २१खर्चँदा पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

लम्की क्रिकेट क्लव र कैलाली जिल्ला क्रिकेट क्लवबीचको एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा प्लेयर अफ दी म्याच लम्की क्रिकेट क्लवका म्याट्रीक्स थापा घोषित हुँदै आकर्षक ट्रफी हात पार्न पनि  सफल भए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]