मैत्रीपूर्ण एकदिवसीय क्रिकेट सिरिज : निशान रेग्मी चम्किदा कैलाली जिल्ला क्रिकेट क्लव विजयी

लोकेश जोशी/धनगढी

लम्की क्रिकेट क्लवको आयोजनामा सञ्चालन भइरहेको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गतको दोश्रो खेलमा कैलाली जिल्ला क्रिकेट क्लवले लम्कि क्रिकेट क्लवलाइ ११ रनले पराजित गर्दै सिरिजमा १-१ ले बराबरी गराउन पनि सफल भएको छ।

एकदिवसीय सिरिजको दोश्रो खेलमा लम्की क्रिकेट क्लवले टस जित्दै पहिला फिल्डिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप,कैलाली जिल्ला क्रिकेट क्लवले निर्धारित ४० ओभरमा ५ विकेटको क्षति १९८ रन बनाउन सफल भयो।ब्याटिङ्गतर्फ, कैलाली जिल्ला क्रिकेट क्लवका लागि निशान रेग्मीले सर्वाधिक ७१ रनको अर्धशतकिय पारी खेल्नेक्रममा ९८ बल खेल्दा अर्का ब्याट्सम्यान कप्तान विशाल बिष्टले ५३ रनको अविजित अर्धशतकिय पारी खेल्नेक्रममा ७० बल, अविरल बिकले २६ रनको पारी खेल्नेक्रममा ४५ बल, सौर्य श्रेष्ठले २१ रनको अविजित पारी खेल्नेक्रममा ०९ बल तथा शंकर बोहराले १० रनको पारी खेल्नेक्रममा १३ बल खेल्नपुगे।बलिङ्गतर्फ,लम्की क्रिकेट क्लवका लागि सुरेश भण्डारीले सर्वाधिक २ विकेट लिनेक्रममा ७ ओभर बलिङ गर्दै ३९ रन खर्चिनपुग्दा डम्मर माझी र दिपक शाहिले समान १/१ विकेट लिनेक्रममा क्रमशः ८ ओभरमा ३८ रन तथा ७ ओभरमा १ मेडेनसहित २१ रन खर्चिनपुगे।

१९९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको लम्की क्रिकेट क्लवले निर्धारित ४० ओभरको खेलमा ३९.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १८७ रन  बनाउनसक्दा खेल ११ रनले पराजित हुँदै एकदिवसीय सिरिजमा लिएको अग्रतालाइ  १-१ ले बराबरी गराउनपुग्यो। ब्याटिङ्गतर्फ,लम्की क्रिकेट क्लवका लागि भुपेन्द्र शाहीले सर्वाधिक ३७ रनको पारी खेल्नेक्रममा ७१ बल खेल्दा अर्का ब्याट्सम्यान कमल बिष्टले ३३ रनको पारी खेल्नेक्रममा ५० बल, रविन भण्डारीले २३ रनको पारी खेल्नेक्रममा २७ बल, म्याट्रीक्स थापाले २२ रनको पारी खेल्नेक्रममा २२ बल,नवीन न्यौपानेले २६ रनको पारी खेल्नेक्रममा २५ बल तथा कवि वमले १६ रनको पारी खेल्नेक्रममा २० बल खेलेपनि आफ्नो टोलिलाइ जितभने दिलाउन सकेनन्।बलिङतर्फ,कैलाली जिल्ला क्रिकेट क्लवका लागि विनोद बोहराले सर्वाधिक ३ विकेट लिनेक्रममा ८ ओभर बलिङ गर्दै १ मेडेनसहित ३१ रन खर्चँदा सौर्य श्रेष्ठले पनि महत्त्वपूर्ण २ विकेट लिनेक्रममा ८ ओभर बलिङ गर्दै २२ रन खर्चिदै आफ्नो टोलिलाइ जित दिलाउन सफल हुँदै सिरिजमा १-१ को बराबरी गराउन पनि सफल भए।

लम्की क्रिकेट क्लव र कैलाली जिल्ला क्रिकेट क्लवबीचको एकदिवसीय सिरिजअन्तर्गतको दोश्रो खेलमा प्लेयर अफ दी म्याच कैलाली जिल्ला क्रिकेट क्लवका निशान रेग्मी घोषित हुँदै आकर्षक ट्रफी हात पार्न पनि  सफल भए।

लम्की क्रिकेट क्लव र कैलाली जिल्ला क्रिकेट क्लवबीचको दोश्रो टी-२० खेल लम्कीचुहा नगरपालिकाको व्यवस्थितनगर खेलमैदानमा भोलि बिहान ०९:३० बजेदेखि सुरु हुने लम्की क्रिकेट क्लवका अध्यक्ष तथा सिरिज व्यवस्थापक प्रमोद आचार्यले बताए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]