मैत्रीपूर्ण टी-२० क्रिकेट सिरिज : सौर्य श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदा कैलाली जिल्ला क्रिकेट क्लवलाई सिरिजको उपाधी 

लोकेश जोशी/धनगढी

लम्की क्रिकेट क्लवको आयोजनामा सञ्चालन भइरहेको टी-२० क्रिकेट सिरिज अन्तर्गतको दोश्रो खेलमा कैलाली जिल्ला क्रिकेट क्लवले लम्कि क्रिकेट क्लवलाइ ४ विकेटले पराजित गर्दै सिरिज २-० ले जित्न पनि सफल भएको छ।

टी-२० सिरिजको दोश्रो खेलमा लम्की क्रिकेट क्लवले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,लम्की क्रिकेट क्लवले निर्धारित २० ओभरमा ९ विकेटको क्षति ११५ रन बनाउन सफल भयो।ब्याटिङ्गतर्फ, लम्की क्रिकेट क्लवका लागि भुपेन्द्र शाहीले सर्वाधिक ३९ रनको पारी खेल्नेक्रममा ३२ बल खेल्दा अर्का ब्याट्सम्यान म्याट्रीक्स थापाले १५ रनको पारी खेल्नेक्रममा २५ बल तथा कवि वमले अविजित १३ रनको पारी खेल्नेक्रममा २० खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा टोलि सस्तैमा समेटिन पुगेको टिम प्रशिक्षक तथा सिरिज संयोजक प्रमोद आचार्यले जानकारी गराए।बलिङ्गतर्फ,कैलाली जिल्ला क्रिकेट क्लवका लागि सौर्य श्रेष्ठले सर्वाधिक ४ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै २५ रन खर्चिनपुग्दा सुरज कडायतले पनि महत्त्वपूर्ण ३ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै २४ रन खर्चिनपुगे।

११६ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलाली जिल्ला क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा १८.१ ओभर खेल्दै मात्र ६ विकेटको क्षति १२० रन  बनाउदै दोश्रो टी-२० खेल ४ विकेटले जित्न सफल हुँदै टी-२० सिरिज पनि २-० ले जित्न सफल भयो। ब्याटिङ्गतर्फ,कैलाली जिल्ला क्रिकेट क्लवका लागि दिपक कुडमालले सर्वाधिक ५३ रनको अर्धशतकिय पारी खेल्नेक्रममा ५० बल खेल्दा अर्का ब्याट्सम्यान शंकर बोहराले पनि महत्त्वपूर्ण अविजित १४ रनको पारी खेल्नेक्रममा १८ बल खेल्न सफल हुँदै आफ्नो टोलिलाइ सिरिजको उपाधी दिलाउन पनि सफल भए।बलिङतर्फ,लम्की क्रिकेट क्लवका लागि कवि वमले सर्वाधिक ३ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै १ मेडेनसहित २१ रन खर्चँदा डम्मर माझीले पनि महत्त्वपूर्ण २ विकेट लिनेक्रममा ३.१ ओभर बलिङ गर्दै २२ रन खर्चिए पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन् ।

लम्की क्रिकेट क्लव र कैलाली जिल्ला क्रिकेट क्लवबीचको टी-२० सिरिजअन्तर्गतको दोश्रो खेलमा भीष्म थापा प्लेयर अफ दी म्याच कैलाली जिल्ला क्रिकेट क्लवका दिपक कुडमाल घोषित हुँदै आकर्षक ट्रफी हात पार्न पनि  सफल भए।

प्लेयर अफ दी सिरिज : सौर्य श्रेष्ठ

लम्की क्रिकेट क्लव र कैलाली जिल्ला क्रिकेट क्लवबीचको दोश्रो टी-२० तथा सिरिजको अन्तिम खेल कैलाली जिल्ला क्रिकेट क्लवले जित्दै २ टी-२० र २ एकदिवसीय खेलको सिरिज पनि जित्न सफल भएको लम्की क्रिकेट क्लवका अध्यक्ष तथा प्रशिक्षक प्रमोद आचार्यले जानकारी गराए।साथै सिरिज भरी उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्न सफल कैलाली जिल्ला क्रिकेट क्लवका खेलाडी सौर्य श्रेष्ठ प्लेयर अफ दी सिरिज घोषित हुन सफल हुँदै भीष्म थापाले प्रायोजन गर्नुभएको आकर्षक ट्रफी तथा लम्की स्पोर्टस रेष्टुरेन्टले प्रायोजन गरेको स्पोर्टस जुत्ता पनि  हात पार्न पनि सफल भए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]