कैलालीको धनगढीमा आजबाट प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । पहिलो दिन आज महिला र पुरुष दुवैको क्रिकेट प्रतियोगिता हुनेछ ।
क्रिकेट तर्फ बिहान ९ बजे सुरु हुने पहिलो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश आम्नेसाम्ने हुने छन् । दोस्रो खेलमा २ बजे रहने छ जसमा प्रदेश १ र प्रदेश ५ ले प्रतिस्पर्धा गर्ने छन्ए।
एउटै समयमा महिला खेल धनगढीको सङ्घीय प्रहरी इकाइको खेलमैदानमा हुने छ भने पुरुषको फाप्ला क्रिकेट मैदानमा हुनेछ । सुदूरपश्चिम सरकारले पहिलो पटक आयोजना गरेको प्रतियोगिता सञ्चालन गर्न २ करोड रकम विनियोजन गरेको छ । प्रथमलाई १५ लाख, दृतियलाई ८ लाख, तृत्यलाई ५ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रत्येक स्वर्ण पदक विजेतालाई १०/१० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।