सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

२०८१ बैशाख ३१, सोमबार १६:३४

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा सुदुरपश्चिमले कोशीलाई १९ रनले पराजित गरेको हो ।

सुदुरले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनायो ।

कोशीका लागि काजल श्रेष्ठले ४० बलमा ३३ तथा कप्तान अप्सरी बेगमले ३४ बलमा २३ रन बनाईन् । कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।

सुदुरका लागि खड्काले ५१ बलमा ४ चौकाको सहयोगमा ५४ रन बनाईन् । ऋतु कनौजियाले ३५ बलमा २३ रन बनाईन् ।

कोशीका लागि संगिता राई, हिरन्मा रोय र सनवम राई समान २/२ तथा अलिशा खडियाले १ विकेट लिईन् ।

लगातार दोस्रो जित निकालेको सुदुरपश्चिमले ४ अंक बनाएको छ । कोशीको भने यो लगातार दोस्रो हार हो । आईतबार भएको पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy