सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा सुदुरपश्चिमले कोशीलाई १९ रनले पराजित गरेको हो ।

सुदुरले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनायो ।

कोशीका लागि काजल श्रेष्ठले ४० बलमा ३३ तथा कप्तान अप्सरी बेगमले ३४ बलमा २३ रन बनाईन् । कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।

सुदुरका लागि खड्काले ५१ बलमा ४ चौकाको सहयोगमा ५४ रन बनाईन् । ऋतु कनौजियाले ३५ बलमा २३ रन बनाईन् ।

कोशीका लागि संगिता राई, हिरन्मा रोय र सनवम राई समान २/२ तथा अलिशा खडियाले १ विकेट लिईन् ।

लगातार दोस्रो जित निकालेको सुदुरपश्चिमले ४ अंक बनाएको छ । कोशीको भने यो लगातार दोस्रो हार हो । आईतबार भएको पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]