मुखियाको अलराउन्ड प्रदर्शनमा अभानी फाइनलमा, लालिगुरासँ दोस्रो क्वालिफायरमा

काठमाडौं । अस्ट्रेलियामा जारी रहेको अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र लालिगुराँस क्रिकेट क्लबले जित निकालेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व सदस्य जितेन्द्र मुखियाको अलराउन्ड प्रदर्शनमा अभानीले वारियर्स क्रिकेट क्लबलाई ३६ रनले पराजित गरी लिगको फाइनलमा स्थान बनाएको छ ।

पहिले ब्याटिङ गरेको अभानीले १९ दशमलब २ ओभरमा अल आउट हुदै १ सय ७२ रन बनाएको थियो ।

अभानीका लागि नन्दन यादवले ३५ बलमा ५२ तथा बिक्रम सोबले २७ बलमा ३७ रन बनाएका थिए । जितेन्द्र मुखियाले ११ बलमा २२ तथा सन्देश आचार्यले ८ बलमा १३ रन बनाएका थिए ।

वारियर्सका लागि कप्तान अमन सिंहले तीन तथा युवराज मल्ल र आविष्कार सुनारले समान दुई दुई विकेट लिए ।

अभानीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।

वारियर्सका लागि सुवास शाहले २१ बलमा ३८ तथा राहुल निरौलाले १४ बलमा २३ रन बनाए ।

अभानीका लागि अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच भएका जितेन्द्र मुखियाले चार तथा अभिनाश कर्णले दुई विकेट लिए ।

अर्को खेलमा लालिगुरासले कगांरु क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरी दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

पहिले ब्याटिङ गरेको कगांरुले १०० बलको खेलमा ८ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो ।

कगांरुका लागि सचिन पौडेलले २७ बलमा २८ तथा शाहिल हमालले १४ बलमा १८ रन बनाएका थिए ।

लालिगुराँसका लागि तेज चन्द, संजय भट्ट र आभिष्कार सुनारले समान दुई दुई विकेट लिएका थिए ।

जवाफमा १ सय १४ रनको लक्ष्य लालिगुराँसले ७५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

लालिगुराँसका लागि सौरभ अधिकारीले २० बलमा ४३ तथा कप्तान दिनेश धानुकले १४ बलमा २३ रन बनाएका थिए ।

कगांरुका लागि सुमित गिरी र प्रयास कडरियाले समान एक एक विकेट लिए ।





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]