एपीएफको लगातार दोस्रो जित, बागमतीको लगातार दोस्रो हार

काठमाडौं । ललितपुर मेयर कपमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पार्दा बागमती प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।

टियु क्रिकेट मैदानमा कीर्तिपुरमा भएको प्रतियोगिताको चौथो खेलमा एपीएफले ८ विकेटको जित हात पार्यो ।

बागमतीले दिएको ७४ रनको लक्ष्य एपीएफले ११ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफका लागि ममता चौधरीले ३२ बलमा अविजित ३५ तथा कप्तान इन्दु बर्माले १२ बलमा १७ रन बनाईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

बागमतीका लागि हेलिसा गुरुङले ५० बलमा ३ चौकाको सहयोगमा ३१ रन बनाईन् । खुसी डंगोलले २२ बलमा १ चौकाको सहयोगमा अविजित १४ रन बनाईन् ।

एपीएफका लागि करुणा भण्डारीले चार तथा सिता राना मगरले दुई विकेट लिईन् ।

लगातार दोस्रो जित हात पारेको एपीएफ चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा गत बर्ष सम्पन्न महिला प्रधानमन्त्री कपको शीर्ष ४ टोली र ललितपुर महानगरपालीकाको टोली रहेका छन् ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]