एपीएफको लगातार दोस्रो जित, बागमतीको लगातार दोस्रो हार

२०८१ बैशाख ३१, सोमबार ११:५१

काठमाडौं । ललितपुर मेयर कपमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पार्दा बागमती प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।

टियु क्रिकेट मैदानमा कीर्तिपुरमा भएको प्रतियोगिताको चौथो खेलमा एपीएफले ८ विकेटको जित हात पार्यो ।

बागमतीले दिएको ७४ रनको लक्ष्य एपीएफले ११ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफका लागि ममता चौधरीले ३२ बलमा अविजित ३५ तथा कप्तान इन्दु बर्माले १२ बलमा १७ रन बनाईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

बागमतीका लागि हेलिसा गुरुङले ५० बलमा ३ चौकाको सहयोगमा ३१ रन बनाईन् । खुसी डंगोलले २२ बलमा १ चौकाको सहयोगमा अविजित १४ रन बनाईन् ।

एपीएफका लागि करुणा भण्डारीले चार तथा सिता राना मगरले दुई विकेट लिईन् ।

लगातार दोस्रो जित हात पारेको एपीएफ चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा गत बर्ष सम्पन्न महिला प्रधानमन्त्री कपको शीर्ष ४ टोली र ललितपुर महानगरपालीकाको टोली रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy