कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सले १/१ अंक बाडेका छन् ।

कोलकाता १ अंक थप्दै शीर्ष स्थानमा रहँदै प्लेअफ पुग्दा राजस्थान भने तेस्रो स्थानमा धकेलिन पुग्यो । कोलकाता र राजस्थानले अंक बाड्दा सनराइजर्स हैदरावादलाई भने फाइदा पुगेको छ । हैदराबाद १७ अंकका साथ दोस्रो स्थानमा रहँदै प्लेअफ पुगेको छ । अन्तिम छ खेलमा जित निकाल्दै प्लेअफमा स्थान बनाएको रोयल च्यालेन्जर्स बेंगलुरु चौथो स्थानमा रहेको छ ।

मंगलबार कोलकाता र हैदराबादबीच पहिलो क्वालिफायरको खेल हुनेछ । यस खेलमा विजयी टिमले फाइनलमा स्थान बनाउँने छ । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले दोस्रो क्वालीफायर पर्खनु पर्ने हुन्छ ।

बुधबार इलिमिनेटर खेल हुने छ । ईलिमिनेटर खेलमा राजस्थान र बेंगलुरुबीच खेल हुनेछ । यस खेलको विजयी टोली र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ । ईलिमिनेटरमा पराजित हुने टोली उपाधी दौडबाट बाहिरिने छ ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरका विजेता बीच उपाधी भिडन्त हुनेछ ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]