कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

२०८१ जेष्ठ ६, आईतवार २३:३२

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सले १/१ अंक बाडेका छन् ।

कोलकाता १ अंक थप्दै शीर्ष स्थानमा रहँदै प्लेअफ पुग्दा राजस्थान भने तेस्रो स्थानमा धकेलिन पुग्यो । कोलकाता र राजस्थानले अंक बाड्दा सनराइजर्स हैदरावादलाई भने फाइदा पुगेको छ । हैदराबाद १७ अंकका साथ दोस्रो स्थानमा रहँदै प्लेअफ पुगेको छ । अन्तिम छ खेलमा जित निकाल्दै प्लेअफमा स्थान बनाएको रोयल च्यालेन्जर्स बेंगलुरु चौथो स्थानमा रहेको छ ।

मंगलबार कोलकाता र हैदराबादबीच पहिलो क्वालिफायरको खेल हुनेछ । यस खेलमा विजयी टिमले फाइनलमा स्थान बनाउँने छ । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले दोस्रो क्वालीफायर पर्खनु पर्ने हुन्छ ।

बुधबार इलिमिनेटर खेल हुने छ । ईलिमिनेटर खेलमा राजस्थान र बेंगलुरुबीच खेल हुनेछ । यस खेलको विजयी टोली र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ । ईलिमिनेटरमा पराजित हुने टोली उपाधी दौडबाट बाहिरिने छ ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरका विजेता बीच उपाधी भिडन्त हुनेछ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy