मल्लको अर्धशतकमा सुदूरलाई २६३ रनको लक्ष्य

२०८० माघ १५, सोमबार १३:०४

काठमाडौंं । कुशल मल्लको अर्धशतकको सहयोगमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई २ सय ६३ रनको लक्ष्य दिएको छ ।

टीयु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको आर्मी ४८ दशमलब ३ ओभरमा २ सय ६२ रन बनाउँदै अल आउट भयो ।

आर्मीका लागि कुशल मल्लले ६७ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । मल्लले १० चौका र ३ छक्का प्रहार गरेका थिए । सन्दीप रजालीले ३१ बलमा ३७ तथा वसिर अहमदले ६३ बलमा ३६ रन बनाए । ओपनर सन्तोष कार्कीले २८ बलमा ३० रन बनाए ।

एक समय ८८ रन बनाउँदा ६ विकेट गुमाएर संकटमा पुगेको आर्मीका लागि वसिर अहमद र कुशल मल्लले १ सय १३ रनको शतकीय साझेदारी गरे ।

शाहब आलमले २५ बलमा २१ तथा सोमपाल कामीले ३४ बलमा ३१ रन बनाए ।

सुदूरका लागि भोजराजले भट्टले ९ दशमलब ३ ओभरमा ६३ रन खर्चिएर छ विकेट लिए । नरेन साउदले तीन विकेट लिए ।

आजको खेल जितेर दुवै टोली फाइनल तथा शीर्ष चारको सम्भावना कायम राख्न चाहान्छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy