स्नेहा महराको कप्तानीमा सुदुरपश्चिम प्रदेश यू-१९ महिला टोलिको घोषणा

लोकेश जोशी / धनगढी

चितवनको गौतम बुद्ध रंगशालामा यहि माघ १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने मैय्यादेवी स्मृति कप महिला यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० मा सहभागी हुने सुदुरपश्चिम प्रदेश प्रादेशिक क्रिकेट संघले स्नेहा महराको कप्तानीमा ४ वैकल्पिक खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ।

 

सुदुरपश्चिम प्रदेशको क्रिकेट संघले यहि माघ ०७ गतेदेखि माघ ०९ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन गरेको यू-१९ महिला बन्दसत्रमा सहभागी २६ खेलाडीलाई ३ टी-२० खेलाइ त्यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मिलित उत्कृष्ट १८ को नाम सार्वजनिक गर्दै माघ ०९ गतेको दिन खेलाइएको टी-२० सिनारियोमा उत्कृष्ट प्रदर्शन गर्ने स्नेहा महराको कप्तानीमा ४ वैकल्पिक खेलाडीसहित उत्कृष्ट १८ को नाम सार्वजनिक गरिएको छनोट समितिका सदस्य मधेश अधिकारीले बताए।

माघ १२ देखि माघ १९ गतेसम्म हुने मैय्यादेवी स्मृति महिला यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका सदस्य तथा छनोट बन्दसत्रका संयोजक रमेश चन्दले बताए । सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका छनोट समितिका अर्का सदस्य विनोद लामाले पनि मैय्यादेवी स्मृति महिला यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशको यू-१९ महिला टोलिको नाम सार्वजनिक गर्दै प्रतियोगिताको ट्रफी जितेर ल्याउने पनि बताएका छन् ।

मैय्यादेवी स्मृति महिला यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० खेल्ने सुदुरपश्चिम प्रदेशको यू-१९ महिला टोलिमा : स्नेहा महरा(कप्तान),सावित्री धामी,जानकी थापा,करिश्मा थापा,निलम पाण्डे,गङ्गा खड्का,सविना नेगि,अनु कडायत,रविना साउँद,निशा खडायत,मनिषा बोहरा,चेतना कुँवर,हिशिला खड्का र कमला महरा रहनुका साथै वैकल्पिक खेलाडीहरुमा सविना दौल्याल,रेजिना कुँवर,रविना धामी र कमला चन्द रहेको टोलिको प्रमुख प्रशिक्षकमा निरज चन्द त्यसैगरी टोलि व्यवस्थापकमा चाँदनी शाहलाई समावेश गरि जिम्मेवारी दिइएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष वाशुदेव जोशीले बताए।

सुदुरपश्चिम प्रदेशका खेलहरुमा चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा पहिलो खेल माघ १२ गते गत यू-१९ विजेता गण्डकी प्रदेश विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने  दोस्रो खेल माघ १३ गते मधेस प्रदेश विरुद्ध खेल्नेछ।त्यस्तै,आफ्नो तेस्रो खेल माघ १५ गते कोसी प्रदेश विरुद्ध खेल्दै प्रतियोगितामा सुखद सुरुवात गर्दै अर्को चरणमा खेल्ने दाउमा रहेको प्रशिक्षक निरज चन्दले बताए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy