मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदुरपश्चिम प्रदेश टोलीको विदाइ

लोकेश जोशी / धनगढी

चितवन जिल्लाको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० मा सहभागी हुने सुदुरपश्चिम प्रदेश टोलिको विदाइ गरिएको छ।

 

सुदुरपश्चिम प्रदेशको यू-१९ महिला टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य  धिरेन्द्र साउँद, प्रादेशिक क्रिकेट संघका सदस्य रमेश चन्द , कैलाली जिल्ला क्रिकेट संघका सचिव देवनारायण झा तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका राष्ट्रिय स्कोरर लोकराज जोशी लगायत अन्य अतिथिहरुले होटल जुमेराको सभा हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका हुन्।

 

माघ १२ देखि माघ १९ गतेसम्म चितवन जिल्लाको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सञ्चालन हुने मैय्यादेवी स्मृति यू-१९   महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुनलागेको सुदुरपश्चिम प्रदेशका खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा विदाइ अनि शुभकामना कार्यक्रमका प्रमुख अतिथी धिरेन्द्र साउँदले बताए।सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका सदस्य तथा विदाइ अनि शुभकामना कार्यक्रमका सभापति रमेश चन्दले पनि मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि चितवन प्रस्थान गर्नलागेको प्रादेशिक टोलिलाइ जितको शुभकामना दिदै विदाइ गरेका छन्।

सुदुरपश्चिम प्रदेशका खेलहरुमा चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा पहिलो खेल माघ १२ गते गत यू-१९ विजेता गण्डकी प्रदेश विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने  दोस्रो खेल माघ १३ गते मधेस प्रदेश विरुद्ध खेल्नेछ भने आफ्नो तेस्रो खेल माघ १५ गते कोसी प्रदेश विरुद्ध खेल्दै प्रतियोगितामा सुखद अन्त्य गर्दै अर्को चरणमा खेल्ने दाउमा रहेको प्रशिक्षक निरज चन्दले बताए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy