मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट : सावित्री धामी र सिमाना केसीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा सुदुरपश्चिम र गण्डकी प्रदेश विजयी

लोकेश जोशी / धनगढी

लोकतान्त्रिक खेलकुद संघ चितवनको आयोजना तथा नेपाल क्रिकेट संघको सहकार्यमा यहि माघ १२ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रथम मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० को दोश्रो दिनका पहिलो र दोश्रो खेलमा गण्डकी प्रदेशले कोसी प्रदेशलाई ७ विकेट तथा  सुदुरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ६ विकेटले पराजित गर्न सफल भएका छन् ।

प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा गण्डकी प्रदेशले  टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप, खराब मौसमका २० ओभरको खेललाइ १२ ओभरमा घटाइएको खेलमा कोसी प्रदेशले ३ विकेट गुमाउदै मात्र ५८ रन बनाउनसक्यो । ब्याटिङतर्फ कोसी प्रदेशका लागि पुर्णिमा राजवंशीले सर्वाधिक १५ रन बनाउनेक्रममा ३७ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकिनन। बलिङतर्फ गण्डकी प्रदेशका लागि कप्तान कुशुम गोदार,निरुता जिटी र आकृती तिवारीले समान १/१ विकेट लिनेक्रममा क्रमशः ३ ओभर बलिङ गर्दै १ मेडेनसहित १६ रन , २ ओभर बलिङ गर्दै ०९ र तथा १ ओभर बलिङ गर्दै ०४ खर्चिनपुगिन।

५९ रनको बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गण्डकी प्रदेशले निर्धारित १२ ओभरको खेलमा ११ ओभर खेल्दै मात्र ३ विकेट गुमाउदै ६३ रन बनाउदै रोमाञ्चक ७ विकेटको जित निकाल्दै प्रतियोगितामा लगातार दोश्रो जित निकाल्न सफल भयो। गण्डकी प्रदेशका लागि सिमाना केसीले अविजित सर्वाधिक २३ रन बनाउनेक्रममा ३२ बल खेल्दा अर्कि  ब्याटर ज्योत्स्निका मरासिनीले पनि महत्त्वपूर्ण २१ रन बनाउनेक्रममा १८ बल खेल्न पुगिन। बलिङतर्फ कोसी प्रदेशका लागि भवानी कामटीले सर्वाधिक २ विकेट लिनेक्रममा ३ ओभर बलिङ गर्दै ०९ रन खर्चिदा रिया शर्माले पनि महत्त्वपूर्ण १ विकेट लिनेक्रममा २ ओभर बलिङ गर्दै १८ रन खर्चिए पनि  आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

आज दिउँसो भएको दोश्रो खेलमा मधेस प्रदेशले  टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो फलस्वरूप, मधेस प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै मात्र १०२ रन बनाउनसक्यो । ब्याटिङतर्फ मधेस प्रदेशका लागि साना प्रविनले सर्वाधिक ३४ रन बनाउनेक्रममा ४९ बल खेल्दा अर्कि ब्याटर अलिशा यादवले पनि  महत्त्वपूर्ण २३ बनाउनेक्रममा २९ बल तथा सीमा कुँवरले पनि १२ रन बनाउनेक्रममा २० बल  खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकिनन। बलिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि अनु कडायतले सर्वाधिक २ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै १ मेडेनसहित १४ रन खर्चिदा अर्कि बलर करिश्मा थापा र कप्तान स्नेहा महराले पनि समान १/१ विकेट लिनेक्रममा क्रमशः ३ओभर बलिङ गर्दै १५ रन तथा ४ ओभर बलिङ गर्दै २५ रन खर्चिनपुगे।

१०३ रनको बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरको खेलमा १७.४ ओभर खेल्दै मात्र ४ विकेट गुमाउदै १०३ रन बनाउदै रोमाञ्चक ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो। सुदुरपश्चिम प्रदेशका लागि सावित्री धामीले अविजित सर्वाधिक ४३ रन बनाउनेक्रममा ४४ बल खेल्दा अर्कि  ब्याटर निलम पाण्डेले पनि महत्त्वपूर्ण २२ रन बनाउनेक्रममा ४० बल खेल्न पुगिन। बलिङतर्फ मधेस प्रदेशका लागि मिना महतोले सर्वाधिक २ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै २१ रन खर्चिदा प्रतिमा शाहले  पनि महत्त्वपूर्ण १ विकेट लिनेक्रममा २ ओभर बलिङ गर्दै ०८ रन खर्चिए पनि  आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

प्रतियोगिताको दोश्रो दिनका खेल प्लेयर अफ दी म्याच गण्डकी प्रदेशकि सिमाना केसी तथा सुदुरपश्चिम प्रदेशकी सावित्री धामी घोषित हुन सफल हुँदै नगद १७०० तथा आकर्षक ट्रफी हात पार्न पनि सफल भएकी छिन।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]