मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट : पूजा र भवानी चम्किदा बाग्मती र कोसी प्रदेश विजयी

लोकेश जोशी / धनगढी

लोकतान्त्रिक खेलकुद संघ चितवनको आयोजना तथा नेपाल क्रिकेट संघको सहकार्यमा यहि माघ १२ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रथम मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० को तेश्रो दिनका पहिलो र दोश्रो खेलमा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई ८ विकेट तथा  कोसी प्रदेशले मधेस प्रदेशलाई ४ विकेटले पराजित गर्न सफल भएका छन् ।

प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा कर्णाली प्रदेशले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप, खराब मौसमका २० ओभरको खेललाइ १५ ओभरमा घटाइएको खेलमा कर्णाली प्रदेशले ७ विकेट गुमाउदै मात्र ८२ रन बनाउनसक्यो । ब्याटिङतर्फ कर्णाली प्रदेशका लागि तृश्ना विश्वकर्माले सर्वाधिक २२ रन बनाउनेक्रममा ३५ बल खेल्दा कप्तान किरन कुँवरले महत्त्वपूर्ण १७ रन बनाउनेक्रममा २८ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकिनन। बलिङतर्फ बाग्मती प्रदेशका लागि पूजा साउँदले सर्वाधिक ३ विकेट लिनेक्रममा ३ ओभर बलिङ गर्दै १ मेडेनसहित १६ रन खर्चिनपुगिन।

८३ रनको बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बाग्मती प्रदेशले निर्धारित १५ ओभरको खेलमा १३ ओभर खेल्दै मात्र २ विकेट गुमाउदै ८३ रन बनाउदै रोमाञ्चक ८ विकेटको जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो। ब्याटिङतर्फ बाग्मती प्रदेशका लागि कप्तान सोनि पाख्रीनले अविजित सर्वाधिक २८ रन बनाउनेक्रममा ३० बल खेल्दा अर्कि  ब्याटर सविका यादवले पनि महत्त्वपूर्ण १४ रन बनाउनेक्रममा २८ बल खेल्न पुगिन। बलिङतर्फ कर्णाली प्रदेशका लागि एन्जिला थापाले सर्वाधिक १ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै १२ रन खर्चिए पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

प्रतियोगिताको तेश्रो दिनको दोश्रो खेलमा मधेस प्रदेशले  टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो फलस्वरूप, मधेस प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै मात्र ११३ रन बनाउनसक्यो । ब्याटिङतर्फ मधेस प्रदेशका लागि साना प्रविनले सर्वाधिक ३७ रन बनाउनेक्रममा ३९ बल खेल्दा अर्कि ब्याटर सीमा कुँवरले महत्त्वपूर्ण २१ रन बनाउनेक्रममा ३३ बल तथा कप्तान भुमी सिंहले ११ रन बनाउनेक्रममा ०९ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकिनन। बलिङतर्फ कोसी प्रदेशका लागि भवानी कमाटीले सर्वाधिक २ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै २३ रन खर्चिनपुगिन।

११४ रनको बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कोसी प्रदेशले निर्धारित २० ओभरको खेलमा १८.२ ओभर खेल्दै मात्र ६ विकेट गुमाउदै ११४ रन बनाउदै रोमाञ्चक ४ विकेटको जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो। कोसी प्रदेशका लागि भवानी कमाटीले सर्वाधिक २६ रन बनाउनेक्रममा २४ बल खेल्दा अर्कि  ब्याटर बिमला मलाहले पनि महत्त्वपूर्ण १३ रन बनाउनेक्रममा १२ बल तथा प्रीया मलाहले १२ रन बनाउनेक्रममा १३ बल खेल्न पुगिन। बलिङतर्फ मधेस प्रदेशका लागि मोनिका शाहले सर्वाधिक ३ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए पनि  आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

प्रतियोगिताको तेश्रो दिनका खेलमा प्लेयर अफ दी म्याच बाग्मती प्रदेशकि पूजा साउँद तथा कोसी प्रदेशकी भवानी कामटी घोषित हुन सफल हुँदै नगद १७०० तथा आकर्षक ट्रफी हात पार्न पनि सफल भएकी छिन।





थप समाचार

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]