यु-१९ महिला क्रिकेट : एन्जि पाठकको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा लुम्बिनी प्रदेशको पहिलो जित

लोकेश जोशी / धनगढी

मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । लुम्बिनी प्रदेशले मंगलबार भएको आफ्नो तेश्रो खेलमा कर्णाली प्रदेशविरूद्ध ३३ रनको फराकिलो जित निकाल्दै समूह बीको उपविजेताको रूपमा प्रतियोगिता सेमिफाइनल प्रवेश गर्न पनि सफल भएको छ।

प्रतियोगिताको पाँचौं दिनको दोश्रो खेलमा लुम्बिनी प्रदेशले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप, निधारित २० ओभरमा ७ विकेट गुमाउदै १११ रन बनाउन सफल भयो । ब्याटिङतर्फ, लुम्बिनी प्रदेशका लागि एन्जि पाठकले सर्वाधिक ३७ रन बनाउनेक्रममा ४६ बल खेल्दा कप्तान आश्मा पुलामीमगरले पनि महत्त्वपूर्ण १६ रन बनाउनेक्रममा ३० खेल्नुबाहेक अन्य ब्याटरले दोहोरो रन अंक छुन सकिनन। बलिङतर्फ, कर्णाली प्रदेशका लागि सर्वाधिक ३ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै १ मेडेनसहित १४ रन खर्चँदा बिना थापाले पनि महत्त्वपूर्ण २ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै १७ रन खर्चिनपुगिन।

११२ रनको बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कर्णाली प्रदेशले निर्धारित २० ओभरको खेलमा १६ ओभर खेल्दै सम्पुर्ण विकेट गुमाउदै मात्र ७८ रन बनाउँदा खेल ३३ रनले गुमाउनपुग्दै प्रतियोगितामा लगातार तेश्रो  पराजयसङ्गै बाहिरिनपुग्यो। ब्याटिङतर्फ, कर्णाली प्रदेशका लागि  रश्मि खड्काले सर्वाधिक २१ रनको महत्त्वपूर्ण पारी खेल्नेक्रममा १९ बल खेल्नुबाहेक अन्य ब्याटरले दोहोरो रन अंक छुन नसक्दा टोलिले पराजय बेहोर्नुपरेको कप्तान किरन कुँवरले बताइन।बलिङतर्फ, लुम्बिनी प्रदेशका लागि सरु तिवारीले सर्वाधिक ४ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै १३ रन खर्चँदा सुश्मिता भुषालले पनि महत्त्वपूर्ण २ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै १० रन खर्चिदै आफ्नो टोलिलाइ पहिलो दिलाउन सफल हुँदै प्रतियोगिता सेमिफाइनल प्रवेश गराउन पनि सफल भइन।

प्रतियोगिताको पाँचौं दिनको दोश्रो खेलमा प्लेयर अफ दी म्याच लुम्बिनी प्रदेशकि एन्जि पाठक घोषित हुन सफल हुँदै नगद १७०० तथा आकर्षक ट्रफी हात पार्न पनि सफल भएकी छिन।

 

प्रथम मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० को सेमिफाइनल खेलहरुमा पहिलो सेमिफाइनल खेल भोलि बिहान ठिक ०९:३० बजे समूह ए को विजेता गण्डकी र समूह बीको उपविजेता लुम्बिनी तथा दोश्रो सेमिफाइनल खेल दिउँसो ठिक ०१:३० बजे समूह बीको विजेता बाग्मती र समूह ए को उपविजेता सुदुरपश्चिम प्रदेशबीच चितवन जिल्ला को गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगिता निर्देशक अनिल अधिकारीले बताए।

 

लोकतान्त्रिक खेलकुद संघ चितवनको आयोजना तथा नेपाल क्रिकेट संघको सहकार्यमा यहि माघ १२ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका महिला यू-१९ टोलि सहभागी रहेका छन।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]