यु-१९ महिला क्रिकेट : निरुता जिटिको उत्कृष्ट बलिङ प्रदर्शनमा गण्डकी प्रदेशको लगातार तेश्रो जित

लोकेश जोशी / धनगढी

मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातर तेश्रो जित निकालेको छ । गण्डकी प्रदेशले मंगलबार भएको आफ्नो तेश्रो खेलमा मधेस प्रदेशविरूद्ध ८ विकेटको फराकिलो जित निकालेको हो ।

प्रतियोगिताको पाँचौं दिनको पहिलो खेलमा मधेस प्रदेशले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप,खराब मौसमका कारण निधारित २० ओभरको हुनुपर्ने खेललाई १५ ओभरमा घटाइएको खेलमा मधेस प्रदेशले सम्पुर्ण विकेट गुमाउदै मात्र ३० रन बनाउनसक्यो। ब्याटिङतर्फ, मधेस प्रदेशका लागि कुनैपनि खेलाडीले दोहोरो रनअंक छुन नसक्दा टोलि सस्तैमा समेटिन पुगेको टिम प्रशिक्षक अनिल शर्माले बताए।बलिङतर्फ गण्डकी प्रदेशका लागि निरिता जिटि र सीमाना केसीले समान ३/३ विकेट लिनेक्रममा क्रमशः ३ ओभर बलिङ गर्दै १ मेडेनसहित ०४ रन तथा २ ओभर बलिङ गर्दै ०३ रन खर्चिनपुगिन।

३१ रनको झिनो बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गण्डकी प्रदेशले निर्धारित १५ ओभरको खेलमा ९ ओभर खेल्दै मात्र २ विकेट गुमाउदै मात्र ३४ रन बनाउदै खेल ८ विकेटले जित्न सफल हुँदै प्रतियोगितामा लगातार तेश्रो जित पनि निकाल्दै समूह ए को विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्न पनि सफल भएको छ। ब्याटिङतर्फ, गण्डकी प्रदेशका लागि सीमाना केसीले सर्वाधिक १९ रनको अविजित पारी खेल्नेक्रममा २८ बल खेल्न सफल भइन।बलिङतर्फ, मधेस प्रदेशका लागि मिना महतोले सर्वाधिक १ विकेट लिनेक्रममा ३ ओभर बलिङ गर्दै १० रन खर्चिए पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकिनन।

 

प्रतियोगिताको पाँचौं दिनको पहिलो खेलमा प्लेयर अफ दी म्याच गण्डकी प्रदेशकि निरुता जिटि घोषित हुन सफल हुँदै नगद १७०० तथा आकर्षक ट्रफी हात पार्न पनि सफल भएकी छिन।

 

लोकतान्त्रिक खेलकुद संघ चितवनको आयोजना तथा नेपाल क्रिकेट संघको सहकार्यमा यहि माघ १२ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका महिला यू-१९ टोलि सहभागी रहेका छन।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]