प्रम कप पुरुष प्रादेशिक क्रिकेट : टेक रावतको उत्कृष्ट ब्याटिङमा कैलाली विजयी

लोकेश जोशी/धनगढी

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल क्रिकेट संघले यहि पौष २७ गतेदेखि रुपन्देही  जिल्लाको सिद्धार्थ रंगशाल सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८० को तयारीस्वरुप यही पौष १४ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता-२०८० को तेश्रो खेलमा टेक रावतको उत्कृष्ट ब्याटिङ मद्दतले कैलालीले अछामलाई  ७ विकेटको ठुलो अन्तरले पराजित गर्न सफल हुँदै जारी प्रतियोगितामा विजयी सुरुवात पनि गरेको छ।

प्रतियोगिताको तेश्रो खेलमा अछामले टस जित्दै पहिला ब्याटिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप, अछामले निर्धारित ४५ ओभरको खेलमा ३२.१ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १०० रन जोड्न सक्यो।ब्याटिङ्गतर्फ अछामका लागि हिमाल कुँवरले ८४ बलमा सर्वाधिक ३६ रन बनाउन सफल हुँदा सुरज तिरुवाले २६ बलमा महत्त्वपूर्ण २० रन बनाउन सफल भएपनि अन्य ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न नसक्दा टोलि सस्तैमा समेटिन पुगेको टिम कप्तान राजु रिजालले बताउनुभयो।बलिङ्गतर्फ, कैलालीका लागि पारस शुनारले ५.१ ओभरमा १ मेडेनसहित १८ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा वसन्त कार्कीले ४ ओभरमा १४ रन खर्चँदा अर्का बलर धर्मराज जोशीले पनि ४ ओभरमा १७ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।

१०१ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलालीले निर्धारित ४५ ओभरको खेलमा १६ ओभर खेल्दै ३ विकेटको क्षति १०५ रन बनाउन सफल हुँदै रोमाञ्चक ७ विकेटको जित आफ्नो नाम दर्ता गराउन सफल भयो।ब्याटिङ्गतर्फ कैलालीका लागि टेक रावतले ३८ बलमा सर्वाधिक ६५ रनको उत्कृष्ट अर्धशतकिय पारी खेल्न सफल हुँदा अभिषेक पालले ३६ बलमा १९ रन बनाउन सफल भए।बलिङतर्फ अछामका लागि रोहित खड्काले ४ ओभरमा १६ रन,अभिषेक चौधरीले ४ ओभरमा १ मेडेनसहित २८ रन तथा युवराज खत्रीले ६ ओभरमा २९ रन खर्चंदै  समान १/१  विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन।
प्रधानमन्त्री कप पुरुष प्रदेस्तरिय एकदिवसीय क्रिकेट प्रतियोगिताको तेश्रो खेल कैलाली जिल्लाले ७ विकेटले जित्न सफल भयो।उक्त खेलमा म्यान अफ दी म्याच कैलालीका टेक रावत घोषित हुँदै नगद एकहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।

प्रतियोगिताको तेश्रो दिनको चौथो एकदिवसीय खेल आज पौष १६ गते कञ्चनपुर र प्लेट च्याम्पियन बझाङबीच बिहान ०९:३० बजेदेखि सुरु हुने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा ज्यूले जानकारी गराउनुभयो।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]