यु-१९ महिला क्रिकेट : रोमाञ्चक खेलमा १ रनले विजयी हुँदै बाग्मती प्रदेश फाइनलमा

लोकेश जोशी / धनगढी

मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले लगातार तेश्रो जित निकालेको छ । बाग्मती प्रदेशले बुधबार भएको आफ्नो तेश्रो अर्थात दोश्रो सेमिफाइनल खेलमा सुदुरपश्चिम प्रदेशविरूद्ध १ रनको झिनो अन्तरको जित निकाल्दै दोश्रो सेमिफाइनल खेल जित्दै प्रतियोगिताको फाइनल प्रवेश गर्न पनि सफल भएको छ।

प्रतियोगिताको छैटौं दिनको दोश्रो अर्थात दोश्रो सेमिफाइनल खेलमा सुदुरपश्चिम प्रदेशले टस जितेर फिल्डिङ्ग गर्ने निर्णय लिदै बाग्मती प्रदेशलाई पहिला ब्याटिङको लागि मैदानमा निम्त्याएको हो। फलस्वरूप,बाग्मती प्रदेशले निधारित २० ओभरको खेलमा १९.३ ओभर खेल्दै सम्पुर्ण विकेट गुमाउदै मात्र ८३ रन बनाउनसक्यो। ब्याटिङतर्फ, बाग्मती प्रदेशका लागि कप्तान सोनी पाख्रीनले सर्वाधिक १५ रनको पारी खेल्नेक्रममा १९ बल खेल्दा कृश्मा गुरुङले १३ रनको महत्त्वपूर्ण पारी खेल्नेक्रममा ३० बल खेल्नुबाहेक अन्य ब्याटरले दोहोरो रन अंक छुन सकिनन। बलिङतर्फ, सुदुरपश्चिम प्रदेशका लागि करिश्मा थापाले सर्वाधिक ३ विकेट लिनेक्रममा ३.३ ओभर बलिङ गर्दै १३ रन खर्चँदा अनु कडायत,जानकी थापा र गङ्गा खड्काले पनि महत्त्वपूर्ण २/२  विकेट लिनेक्रममा क्रमशः ४ ओभर बलिङ गर्दै १ मेडेनसहित १४ रन, ३ ओभर बलिङ गर्दै ११ रन तथा २ ओभर बलिङ गर्दै ०७ रन खर्चिनपुगिन।

८४ रनको बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै मात्र ८२ रन बनाउनसक्दा खेल १ रनले गुमाउनपुग्यो। ब्याटिङतर्फ, सुदुरपश्चिम प्रदेशका लागि  सावित्री धामीले सर्वाधिक ३० रनको पारी खेल्नेक्रममा ३४ बल खेल्दा कप्तान स्नेहा महराले महत्त्वपूर्ण १५ रनको पारी खेल्नेक्रममा २५ बल खेल्नुबाहेक अन्य ब्यटरले दोहोरो रन अंक छुन नसक्दा टोलि पराजित हुनपुगेको व्यवस्थापक चादनी शाहले बताइन।बलिङतर्फ, बाग्मती प्रदेशका लागि कृश्मा गुरुङले सर्वाधिक ३ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै १ मेडेनसहित १४ रन खर्चँदा कप्तान सोनि पाख्रीनले पनि महत्त्वपूर्ण २ विकेट लिनेक्रममा ४ ओभर बलिङ गर्दै १ मेडेनसहित ११ रन खर्चिदै आफ्नो टोलिलाइ १ रनले जित दिलाउन सफल हुँदै प्रथम मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० को फाइनलमा गण्डकी प्रदेशसङ्गको भेट सुनिश्चित गर्न पनि सफल भएकी छिन।

प्रतियोगिताको छैटौं दिनको दोश्रो अर्थात दोश्रो  सेमिफाइनल खेलमा प्लेयर अफ दी म्याच बाग्मती प्रदेशकि कृश्मा गुरुङ घोषित हुन सफल हुँदै नगद १७०० तथा आकर्षक ट्रफी हात पार्न पनि सफल भएकी छिन।

लोकतान्त्रिक खेलकुद संघ चितवनको आयोजना तथा नेपाल क्रिकेट संघको सहकार्यमा यहि माघ १२ गतेदेखि १९ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रथम मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० को फाइनल प्रतिस्पर्धाका लागि गण्डकी प्रदेश र बाग्मती प्रदेशबीच हुने प्रतियोगिता निर्देशक अनिल अधिकारीले बताए।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]