तेश्रो सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्स बुधबार देखि

२०७३ कार्तिक १, सोमबार ००:००

century bank coroprate cricket

एस.एस. इभेन्टस्को आयोजनामा तेश्रो सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्स क्रिकेट यही बुधबार ( १९ अक्टोबर ) बाट सुरु हुने भएको छ l
 
टियु क्रिकेट मैदानमा ५ दिन चल्ने प्रतियोगितामा १३ बैंक, ५ कर्पोरेट हाउस तथा १ मिडिया हाउस गरि १९ कर्पोरेट टोलिहरु सहभागी हुने आज राजधानीमा आयोजित पत्रकार सम्मेलन माझ जानकारी गराईएको छ l
 
सेन्चुरी ब्यांकको मुख्य प्रायोजन रहने प्रतियोगितामा सह-प्रायोजकको रुपमा रुस्लान, द काठमाडौँ पोस्ट र सुबिसु रहनेछन् l पप्पु कन्स्ट्रक्सन , एस.आर. स्टिल र अर्घाखाँची सिमेन्ट प्रायोजक छन् l
 
प्रतियोगिताकै आकर्षणको रुपमा प्रत्येक खेलमा थर्ड अम्पायरको ब्यबस्था गरिनेछ भने प्रत्येक खेलको रास्ट्रिय टेलिभजनबाट प्रत्यक्ष प्रशारण गरिने आयोजक एसएस इभेन्टका सीईओ रमन शिवाकोटीले बताएका छन् l
 
प्रतियोगिता लिग-कम नक-आउटको आधारमा संचालन गरिनेछ l सिप्रदी ट्रेडिङले प्रतियोगिताको दोश्रो संस्करण जितेको थियो l
 
सहभागी १९ टोलिहरुलाई ६ समुहमा बिभाजन गरिएको छ l
 
समुह ‘ए’
 
माछापुच्छ्रे ब्यांक, प्रभु ब्यांक, नबिल ब्यांक
समुह ‘बि’
 
आईसीएफसी फाईनान्स, एनएमबि ब्यांक, एनआईसी एसिया ब्यांक, सेन्चुरी ब्यांक
 
समुह ‘सी’
 
निम्बस, कान्तिपुर मिडिया ग्रुप, ज्योति विकास ब्यांक
 
समुह ‘डी’
 
मेगा ब्यांक, कुमारी ब्यांक, एनसीसी ब्यांक
 
समुह ‘ई’
 
सिप्रदी, नेपाल टेलिकम, रुस्लान क्रिकेट
 
समुह ‘एफ’
 
सिभिल ब्यांक, सुबिसु, नेपाल एसबिआई ब्यांक
 
 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy