सेमीफाइनल यात्रासम्म उत्कृस्ट प्रदर्शन गर्ने ४ खेलाडी

  • विकेटनेपाल, ३० भदौ 

यु-१९ पूर्वी क्षेत्र प्रतियोगितामा नेपाल सेमीफाइनल समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ  ।

समुह चरणको पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले , दोश्रो खेलमा भुटानलाई ९ विकेटले तथा तेश्रो खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गरेको नेपाललाई सहज रुपमा सेमीफाइनल सम्मको यात्रा गराउन प्रत्येक खेलमा कुनै खेलाडी अघि आएका छन्  ।

प्रतियोगितामा हालसम्म उत्कृस्ट प्रदर्शन गर्दै नेपालको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने खेलाडीहरुको चर्चा गर्दै छौ ।

सन्दिप लामिछाने 

गत महिना सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगितामा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका सन्दिप लामिछानेले यो प्रतियोगितामा पनि आफ्नो लय छोडेका छैनन् । सन्दिपलाई खेल्न पहिलो ३ वटै खेलमा ब्याट्सम्यानहरुले संघर्ष गर्नुपर्यो ।

सन्दिप लामिछाने

पहिलो खेलमा थाईल्याण्डको ब्याटिंग तहसनहस गर्ने क्रममा सन्दिप एक्लैले ७ विकेट हात पारे जुन क्रममा थाईल्याण्डले मात्र २६ रनमै सबै विकेट गुमाउन पुगेको थियो । दोश्रो खेलमा पनि सन्दिप रोकिएनन् भुटानलाई ५० रनमै सिमित गर्न सन्दिपले पुनः ४ विकेट हात पारे भने बलिंग उतिकै किफायती थियो । तेश्रो खेलमा सिंगापुर ब्याट्सम्यानहरुले सन्दिपलाई मात्र १ विकेट दिए तर पनि सन्दिपको बलमा रन बनाउन संघर्ष  उतिनै गर्नुपरेको थियो ।

सन्दिप ३ खेलमा  १२ विकेट हात पार्दै प्रतियोगिताकै धेरै विकेट लिने खेलाडी हुन् । यस्तै उनले रन दिन पनि अत्यन्त कन्जुस्याइँ गरेका छन् । पहिलो खेलमा उनको बलिंग कार्ड ४-१-६-७ थियो भने दोश्रो खेलमा  ७-३-७-४ र तेश्रो खेलमा ५.३-०-१३-१ थियो । सन्दिपको यही क्रम जारि रहने हो भने नेपाललाई प्रतियोगिता जित्न कसैले रोक्न सक्ने छैन ।

दिपेन्द्र ऐरी 

सन्दिप लामिछानेको सट्टा यो प्रतियोगितामा पहिलो पटक यु-१९ टिमको कप्तानी पाएका दिपेन्द्रले आफुलाई राम्रो कप्तानको रुपमा त साबित गरेका छन् विकेट लिन सक्ने बलरको रुपमा समेत देखाएका छन् ।

दिपेन्द्रले भुटानलाई पराजित गर्ने क्रममा ५ विकेट आफ्नो नाममा गरे भने पहिलो खेलमा थाईल्याण्डसंग १ तथा तेश्रो खेलमा सिंगापुरसंग १ विकेट हात पारे । ब्याटिंगमा पहिलो खेलमा थाईल्याण्डसंग २२ रन बनाएका ऐरीले त्यसपछि पालो पाएका छैनन् ।

एउटा कप्तानको रुपमा यसपालि दिपेन्द्रले राम्रो भूमिका निभाइरहेका छन् । आईसीसी एसिया बिश्वकप छनौटमा सन्दिप लामिछाने अरुलाई भन्दा आफै धेरै मौका लिएकाले आलोचित बनेका थिए । तर त्यसको बिपरित दिपेन्द्रले राम्रो बलिंग परिवर्तन गर्दै अन्य खेलाडीलाई प्रदर्शनको मौका दिएका छन् ।

दिपेन्द्र एरि

तेश्रो खेलमा पवन सर्राफलाई चाडै बलिंग गर्न दिंदा उनले ६ विकेट हात पार्दै दिपेन्द्रको भरोसामा उभिएका थिए । ब्याटिंगमा पनि अन्य खेलाडीलाई आत्मविश्वास दिन तेश्रो खेलमा पहिलो पटक खेल्दै गरेका सुमित महर्जनलाई आफ्नो नम्बरमा र सन्दिप जोरालाई ब्याटिंग गर्न पठाएका थिए ।

सेमीफाइनल र फाइनल खेल बाँकी रहंदा दिपेन्द्रको कप्तानी र ब्याटिंगको परिक्षा हुन पाएको छैन तर हालसम्म उनले आफुलाई सफल साबित गर्न चुकेका छैनन् ।

पवन सर्राफ 

अफस्पिन बलिंग तथा ब्याटिंगले समेत योगदान दिन सक्ने खेलाडीको रुपमा पवन यु-१९ एसिया बिश्वकप छनौटमा प्रमाणित गर्न पछि परेका थिएनन् । त्यस प्रतियोगिताको ५ खेलमा उनले ८ विकेट लिएका थिए, अफगानिस्तानसंग २ विकेट, मलेसियासंग ३ विकेट लिंदै आफुलाई विकेट लिन सक्ने बलरको रुपमा चिनाएका थिए ।

पवन सर्राफ

दिपेन्द्र ऐरीको कप्तानीमा पवन झनै खुलेका छन् । सिंगापुरसंगको तेश्रो खेलमा पवनले ८ ओभरको स्पेलमा मात्र १२ रन दिएर ६ विकेट हात पारे जुनक्रममा उनको स्पेल ८-४-१२-६ थियो । ब्याटिंगमा पनि उनले थाईल्याण्डसंग २ छक्काको मदतले अविजित २२ रन बनाएका थिए । यस्तै दोश्रो खेलमा भुटानसंग ३ ओभरमा १ मेडन ओभर सहित मात्र ४ रन खर्चिएका थिए ।

३ खेलमा पवनले १.४५ प्रतिओभरको इकोनोमिले रन दिएका छन् जुन प्रतियोगितामा सबैभन्दा उत्कृस्ट इकोनोमि हो । सन्दिप लामिछानेको इकोनोमि १.६ रहेको छ ।

आवश्यक पर्दा ब्याटिंग र कसिलो बलिंग गर्दै विकेट लिन सक्ने सर्राफले प्रतियोगितामा आफुलाई खेल जिताउन सक्ने खेलाडीको रुपमा प्रमाणित गरेका छन् ।

अनिल साह 

एसिया बिश्वकप छनौटमा फ्लप ब्याटिंगले आलोचित बनेका शाहले पहिलो खेलमा तेश्रो नम्बरमा ब्याटिंग गर्दै ९१ रनको विस्फोटक पारि खेल्दै आलोचकहरुलाई चुप लगाए ।

अनिल साह

मात्र ७४ बलमा ५ छक्का र ६ चौका प्रहार गरेका शाहले शतक त पुरा गर्न सकेनन् आफुलाई रन बनाउन सक्ने प्रमाणित गर्न सके । दोश्रो खेलमा भुटानसंग ४ रनमा अविजित रहेका अनिलले तेश्रो खेलमा सिंगापुरसंग ६ रन बनाएका थिए ।

३ खेलमा कुल ११३ रन सहित अनिल प्रतियोगिताकै धेरै रन बनाउने सुचीमा दोश्रो स्थानमा छन् भने १२०.२१ को स्ट्राइक रेट प्रतियोगिताकै उत्कृस्ट हो ।

सेमीफाइनल र फाइनल खेलमा पक्कै पनि अनिलको ब्याटिंगको परिक्षा हुनेछ र थाईल्याण्डसंग बनेको रनले उनको आत्मविश्वासको स्तर टिमको लागि पक्कै फलदायी हुनेछ ।

अन्य 

यी खेलाडीहरु बाहेक प्रनित थापाले पहिलो खेलमा थाईल्याण्डसंग अर्धशतक बनाई आफुलाई पुनः विकेटमा जम्न सक्ने खेलाडीको रुपमा प्रस्तुत गरेका थिए । तिब्र गति बलर किशोर महतोले पनि आफ्नो लय कायम राखेका छन् । उनले थाईल्याण्डसंग १ विकेट तथा तेश्रो खेलमा सिंगापुरको २ विकेट लिएका थिए । अर्का तिब्र गति बलर नन्दन यादबले पनि सुरुवाति विकेट लिंदै आफुलाई स्ट्राइक बलरको रुपमा उभ्याएका छन् ।

नेपालको चिन्ता 

प्रतियोगितामा नेपालको लागि ओपनिंग ब्याट्सम्यानहरु सन्दिप सुनार र आसिफ शेख ले पुनः आफुलाई प्रमाणित गर्न चुकीरहेका छन् । तेश्रो खेलमा सिंगापुरले दिएको ६८ रनको लक्ष पछ्याउदा ३ विकेट गुमाएको नेपालको बाँकी ठुलो खेल (सेमिफाइनल र फाइनल) मा ब्याटिंग यसरी नै फ्लप हुने त हैन भन्ने चिन्ता नेपाली टिमको रहेको छ ।

नेपालले शनिबार सेमीफाइनलमा मलेसियाको सामना गर्दै छ । प्रतियोगिताको फाइनल खेल आइतबार खेलिनेछ जसको बिजेता नोभेम्बरमा मलेसियामै आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]