बार्मी आर्मी क्रिकेट नेपालद्वारा आयोजित अन्तर कलेज क्रीकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधी त्रीचन्द्र कलेजले हात पारेको छ ।
त्रीचन्द्रले पुलचोक क्याम्पसलाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो
जेठ ७ गते देखि गोठाटार काँडाघारीको वन डे क्रीकेट एकेडेमिको मैदानमा आयोजना भएको प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा त्रीवी केन्द्रीय विद्यालय, पुलचोक क्याम्पस, थापाथली क्याम्पस लगायत नाम चलेका कलेजहरुले सहभागिता रहेको थियो ।
प्रतियोगितामा कुल ३९ खेलमा २६४ बढी खेलाडिको सहभागिता भएको र यसले आगामी दिनहरुमा अझै ठुला कार्यक्रमहरु संचालन गर्ने उर्जा मिलेको आयोजकको भनाई रहेको छ ।
