बंगलादेशसंग ऐतिहासिक जित पछाडिका ५ नायक

  • विकेटनेपाल, कार्तिक १९

टेस्ट रास्ट्र बंगलादेशले अस्ट्रेलियालाई पराजित गरेको धेरै भएको छैन। पछिल्लो केहि बर्ष बंगलादेशले बिश्व क्रिकेट जगतमा आफुलाई उत्कृस्ट साबित गर्दै आश्चर्यजनक नतिजा ल्याउन चुकेको छैन। तर त्यही बंगलादेश क्रिकेटको यु-१९ रास्ट्रिय क्रिकेट टिम जो खेलाडीहरु बंगलादेशको लागि बिश्व क्रिकेटको सबैभन्दा ठुलो स्तरमा खेल्न तयार छन् नेपाल यु-१९ क्रिकेट टिमसंग पराजित भएको छ

मलेसियामा नोभेम्बर ९ देखि २० तारिकसम्म आयोजना हुने एसीसी यु-१९ युथ एसिया कपको तयारीको लागि बंगलादेश भ्रमण गरेको नेपालले त्यहाँ खेलेको पहिलो २ एकदिवसीयमा पराजित भएतापनि तेश्रो एकदिवसीयमा ६ विकेटको शानदार जित दर्ता गर्दै आफुलाई उमेर समूहको डार्क हर्सको रुपमा पुनः प्रमाणित गरेको हो।

नेपालले यस अघि पनि सन् २००२ को यु-१९ बिश्वकपमा बंगलादेशलाई पराजित गरिसकेको इतिहास छ भने पाकिस्तान, दक्षिण अफ्रीका, न्युजिल्याण्ड जस्ता देशहरु यु-१९ स्तरमा नेपालसंग पराजित भइसकेका छन्।

नेपाली युवा क्रिकेट टिमले बंगलादेश युवा टिमलाई उसैको जमिनमा पराजित गर्दा केहि खेलाडीहरुले उत्कृस्ट प्रदर्शन गरे जसको यहाँ उल्लेख गरिएको छ  :-

१. आसिफ शेख

लगतार फ्लप ब्याटिंग गरेता पनि टिममा स्थान दिईएपछि आलोचित आसिफ शेखलाई प्रशिक्षक बिनोद दासले देखाएको विश्वासलाई प्रमाणित गर्दै उनले बंगलादेशसंग खेल जीवनकै उत्कृस्ट इनिंग खेले ।

जितेन्द्र सिंह ठकुरीसंग पहिलो पटक ओपनिंग ब्याटिंग गर्न आएका आसिफले ओपनिंग साझेदारीको रुपमा ठकुरीसंग १३९ रनको बिशाल साझेदारी मात्रै गरेनन् यु-१९ स्तरमा व्यक्तिगत सर्बाधिक ९० रनको इनिंग पनि खेले। विस्फोटक ब्याटिंग गर्ने क्रममा उनले मात्र ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

आसिफले पहिलो ५० रन ३५ बलमै पुरा गरेका थिए जुन क्रममा उनले ३ छक्का र ५ चौका प्रहार गरिसकेका थिए। आसिफकै विस्फोटक ब्याटिंग पछि नेपालले जितको लय पाएको थियो।

आफ्नो स्वाभाविक आक्रामक ब्याटिंग गर्दै पुनः प्रमाणित गरेका आसिफ शेखले एभरेष्ट प्रिमियर लिग क्रिकेटको पहिलो संस्करणको फाईनलमा शतक प्रहार गरेका थिए त्यसपछी भने उनको यो नै सम्झनलायक प्रदर्शन हो।

आसिफ शेखले खेल जीवनकै उत्कृस्ट पारि खेले

२. शाहब आलम

भैरहवालाई देब्रे हाते बलरहरु उत्पादन गर्ने मेसिननै भनिन्छ । शक्ति गौचन, बसन्त रेग्मी, राहुल विश्वकर्मा, अमृत भट्टराई जस्ता देब्रे हाते खेलाडीले नेपालको प्रतिनिधित्व गरिसकेका छन्। त्यही क्रमलाई जारि राखेका शाहब आलमले बंगलादेशलाई पराजित गर्दा महत्वपूर्ण भूमिका निभाए ।

शाहबको स्पिन अघि कुनैपनि बंगलादेशी खेलाडीहरु खुलेर खेल्न सकेनन् । उनले ९ ओभर बलिंग गर्दै ३.५९ को इकोनोमिमा ४५ रन खर्चेर ३ विकेट हातपारे जुन क्रममा उनले दोश्रो खेलमा ५९ रनको आक्रामक इनिंग खेलेका अफिफ हुसेन तथा पहिलो खेलमा नेपालबाट जित खोसेका काजि अनिकको विकेट हात पारेका थिए ।

अघिल्लो दुइ खेलमा मात्र १ विकेट लिएका उनले पहिलो इनिंगमा बंगलादेशलाई थोरै रनमा समेट्न महत्वपूर्ण  योगदान दिए जसको फाइदा दोश्रो इनिंगमा नेपाली ब्याट्सम्यानहरुलाई भयो।

शाहब आलम

३. जितेन्द्र सिंह ठकुरी

बंगलादेशसंग धैर्यतापुर्बक १०९ बल खेलेर ३ चौका र १ छक्का सहित ४५ रन बनाएका जितेन्द्रले अर्को किनारमा आक्रामक ब्याटिंग गरेका आसिफ शेखलाई गतिलो साथ दिए । उनले आसिफसंग मिलेर पहिलो विकेटको लागि ३३ औं ओभरसम्म ब्याटिंग गरे जुन क्रममा नेपालले बिना विकेट १३९ रन जोड्न सक्यो जसलेनै जितको आधार तयार गरेको थियो ।

जितेन्द्र सिंह ठकुरी

नियमित ओपनर सन्दिप सुनारको सट्टा आसिफसंग ओपनिंग गर्न आएका जितेन्द्रको सिरिजमा यो नै पहिलो खेल थियो जसमा प्रमाणित गरेपछि फ्लप हुँदै आएको ओपनिंग जोडीको बिकल्पको रुपमा उनलाई हेरिएको छ।

सन् २०१४ को एसीसी यु १६ प्रिमियर प्रतियोगितामा १५ विकेट हातपार्दै नेपाललाई प्रतियोगिताको उपाधी जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका जितेन्द्रले ३ बर्ष पछि बल्ल यु-१९ रास्ट्रिय क्रिकेट टिमबाट खेल्ने मौका पाएका हुन्।

४. अनिल साह 

नेपालको जितमा अनिल साहले पनि महत्वपूर्ण योगदान दिए। अनिललेओपनिंग ब्याट्सम्यान सोजिब होसेनको विकेट लिए भने ३९ रन बनाएर खतरनाक देखिएका मोहम्मद रकिबलाई पेभेलियनको बाटो देखाएका थिए।

किफायती बलिंग गरेका उनले १० ओभरमा २ मेडन ओभर सहित मात्र ३५ रन खर्चेर २ विकेट हात पार्दै बंगलादेशी इनिंगलाई थोरै रनमा समेट्न राम्रो बलिंग गरे।

त्यसपछि ब्याटिंगमा पनि आरिफ र जितेन्द्रको विकेट पछि २ छक्का प्रहार गर्दै नेपाललाई सहज जित तर्फ डोर्याउन लय प्रदान गर्दै उनले १५ रन योगदान दिएका थिए।

अनिल शाह

५. दिपेन्द्र ऐरी 

आरिफ र जितेन्द्रले बिशाल ओपनिंग साझेदारी गरेपछि लगातार विकेट गुमाए जसपछि नेपालको मध्येक्रम ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउन पुगे। १३९/१ को स्थितिबाट नेपाल १५९/३ को अवस्थामा पुग्यो।

जित सुनिस्चित देखिएको अवस्थामा लगातार विकेट गुमाएर हार बेहोरेको उदाहरण प्रसस्तै छ नेपाली ब्याटिंग इतिहासमा जसको खतरा पुनः देखिएको थियो। तर त्यसलाई टार्न चौथो नम्बरमा ब्याटिंग गर्न आएका कप्तान दिपेन्द्र ऐरीले महत्वपूर्ण अविजित २५ रन ( ३ चौका ) खेल्दै नेपाललाई सुरक्षित अवतरण गराएका थिए।

दिपेन्द्र ऐरीको कप्तानी तथा अलराउण्ड प्रदर्शन महत्वपूर्ण रह्यो

ऐरीले अर्को किनारमा विकेट गुमाएपनि एउटा किनार सम्हाल्नेक्रममा अनिल साहसंग १६ रनको, रोहित पौडेलसंग ४१ रनको तथा पाँचौ विकेटको लागि भिम शार्कीसंग २८ रनको साझेदारी गर्दै नेपालको जित सहज बनाएका थिए।

त्यति मात्रै हैन ऐरीले बलिंगमा पनि ठुलो स्कोरतर्फ लम्केका ओपनर पिनक घोषको विकेट लिएका थिए भने सैफ हसनलाई रन आउट गराएका थिए।

बंगलादेशलाई थोरै रनमा समेट्दै लक्ष सम्म पुगेर ऐतिहासिक जित दर्ता गर्न ऐरीको कप्तानीको पनि महत्वपूर्ण भूमिका रहेको थियो।

यो पनि पढ्नुस – 

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]