विवादबीच महिला क्रिकेटको स्वर्णपदक पुर्वान्चललाई

२ विकेट साथमा रहंदा एपीएफलाई जितको लागि ९ बलमा १३ रन आवस्यक रहंदा रितु कनौजियाले प्रहार गरेको सटमा फिल्डर अप्सरा बेगमले क्याच मिस गरिन् l बाउन्ड्री नजिक क्याच मिस भएको बल चौका भए नभएको अम्पायरले फिल्डर अप्सरा बेगमलाई सोधे l पूर्वान्चल फिल्डर बेगमले चौका नभएको बताएपछि अम्पायरले चौका नभएको अन्तिम निर्णय दिए र एपीएफको खातामा २ रन मात्रै जोडियो l

त्यसपछि पुर्वान्चल बलर कविता गौतमले गरेको २ वटै बल वाइड भयो l उक्त घटनाको २ बल पछि एपीएफले उक्त बल चौका भएको र निर्णय सच्चिनुपर्ने दाबी गर्दै खेललाई निरन्तरता दिन मानेनन् l त्यसपछि अम्पायर आफ्नो निर्णयमा अडिक रहँदै एपीएफलाई खेलमा फर्कन गरेको आग्रह एपीएफले अश्विकार गर्यो l

त्यसपछि पनि एपीएफलाई आधा घण्टा खेलमा फर्कन समय दिईयो जुन समयमा पनि एपीएफले आफ्नो अडान नछोडेपछि म्याच रेफ्रीले पूर्वान्चललाई बिजेता घोषित गरे l

खेलको स्कोरकार्ड 

सातौ रास्ट्रिय क्रिकेट अन्तर्गत महिला क्रिकेटको फाइनलमा यसप्रकार पुर्वान्चलले स्वर्णपदक जितेको छ l

एपीएफलाई पूर्वान्चलले ६४ रनको लक्ष दिएको थियो र दोश्रो इनिंगमा खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको अवस्थामा उक्त घटना घटेको थियो l एपीएफको स्कोर ५९/८ ( १८.४ ओभर ) हुँदा खेल रोकिएको थियो l

खेलमा म्याच रेफ्रीको भूमिकामा रहेका अदिप प्रधानले खेलमा तेश्रो अम्पायर नभएको अवस्थामा नियमअनुसारनै सम्बन्धित फिल्डरलाई सोधेर निर्णय लिएको प्रतिक्रिया दिएका छन् l

खेलको स्कोरकार्ड हेर्नुस 

 

( सच्याइएको :  ९ बलमा ७ रन हैन ९ बलमा १३ रन l )

( फिचर फोटो : सुरज शाक्य )

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy