सेन्चुरी ब्यांकलाई उपाधि

तेश्रो सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको उपाधि सेन्चुरी ब्यांकले जितेको छ l फाइनलमा नेपाल एसबिआई ब्यांकलाई ६ विकेटको अन्तरले पराजित गर्दै सेन्चुरीले उपाधि आफ्नो पोल्टोमा पार्यो l

बिजेता टोलिलाई बन तथा भू-संरक्षण मन्त्रि शंकर भण्डारीले पुरस्कार वितरण गर्नु भएको थियो l उपविजेता तथा अन्य विधाका खेलाडीहरुलाई राजेश श्रेष्ठ ( अध्यक्ष, सेन्चुरी ब्यांक ), हरिनारायण रौनियार ( अध्यक्ष, पप्पु कन्स्ट्रक्सन ) , अनुज मणि तिमिल्सिना ( सीईओ, सेन्चुरी ब्यांक ), सुमित रौनियार ( अध्यक्ष, एसएस इभेन्टस् ) , सुबाश खकुरेल ( एमडी एसएस इभेन्ट ) ले पुरस्कार वितरण गर्नु भएको थियो l

प्रतियोगिताको उत्कृस्ट खेलाडी बिजेता टिमका सुरज तिमल्सिना घोषित भए जसले ट्रफी सहित टेक्नोसको तर्फबाट ३२ इन्च एलईडी टिभी तथा आईपे रेमिटको तर्फ बाट  रु.१० हजार नगद पुरस्कार पाए l

img_6792
बिजेता टोलिका साथ बन तथा भू-संरक्षण मन्त्रि शंकर भण्डारी, राजेश श्रेष्ठ ( अध्यक्ष, सेन्चुरी ब्यांक ), हरिनारायण रौनियार ( अध्यक्ष, पप्पु कन्स्ट्रक्सन ) , अनुज मणि तिमिल्सिना ( सीईओ, सेन्चुरी ब्यांक ), सुमित रौनियार ( अध्यक्ष, एसएस इभेन्टस् )

 

प्रतियोगिताको बेस्ट ब्याट्सम्यान आईसीएफसी फाईनान्सका अरविन्द राना, बेस्ट बलर राज श्रेष्ठ ( सिभिल ब्यांक ) , बेस्ट फिल्डर सुरज तिमल्सिना ( सेन्चुरी ब्यांक ), बेस्ट विकेटकिपर साकार श्रेष्ठ ( नेपाल एसबिआई ब्यांक ) घोषित भए l प्रतियोगितामा सर्बाधिक छक्का प्रहार गर्ने खेलाडी आईसीएफसीका अरविन्द राना भए l बिजेता खेलाडीहरुलाई ट्रफी तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो l

सेमीफाइनलमा सेन्चुरी ब्यांकले सिभिल ब्यांकलाई ४ विकेटले तथा नेपाल एसबिआई ब्यांकले आईसीएफसी फाइनान्सलाई १५ रनले पराजित गरेको थियो l

फाइनल खेलमा टस जितेर नेपाल एसबिआईले ब्याटिंग रोजेको थियो l मोनिश श्रेष्ठले ४ छक्का र २ चौका सहित अविजित ३६ रन बनाएपछि एसबिआईले निर्धारित ५ ओभरमा २ विकेट क्षेतीमा ५५ रन बनाएको थियो l सेन्चुरीका बलर केशर रावलले १ विकेट हात पारेका थिए l

प्रतिउत्तरमा सेन्चुरी ब्यांकले निर्धारित लक्ष ३.५ ओभरमै पुरा गर्यो l कप्तान दिबेश डंगोलले अविजित ३४ तथा सुबास शर्माले अविजित १८ रन योगदान दिएपछि सेन्चुरीको जित सहज बन्यो l फाईनल खेलको म्यान अफ द म्याच दिबेश डंगोल घोषित भए l

एसएस इभेन्ट द्वारा आयोजित प्रतियोगितामा १९ कर्पोरेट टिमहरुको सहभागिता थियो l प्रतियोगिता ५ दिन सम्म टियु मैदानमा चलेको थियो  l प्रतियोगिताको आकर्षणको रुपमा सेमीफाइनल र फाइनल खेलमा टिभी अम्पायरको ब्यबस्था गरिएको थियो l

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy