सेन्चुरी ब्यांकलाई उपाधि

Susan Bhari

तेश्रो सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको उपाधि सेन्चुरी ब्यांकले जितेको छ l फाइनलमा नेपाल एसबिआई ब्यांकलाई ६ विकेटको अन्तरले पराजित गर्दै सेन्चुरीले उपाधि आफ्नो पोल्टोमा पार्यो l

बिजेता टोलिलाई बन तथा भू-संरक्षण मन्त्रि शंकर भण्डारीले पुरस्कार वितरण गर्नु भएको थियो l उपविजेता तथा अन्य विधाका खेलाडीहरुलाई राजेश श्रेष्ठ ( अध्यक्ष, सेन्चुरी ब्यांक ), हरिनारायण रौनियार ( अध्यक्ष, पप्पु कन्स्ट्रक्सन ) , अनुज मणि तिमिल्सिना ( सीईओ, सेन्चुरी ब्यांक ), सुमित रौनियार ( अध्यक्ष, एसएस इभेन्टस् ) , सुबाश खकुरेल ( एमडी एसएस इभेन्ट ) ले पुरस्कार वितरण गर्नु भएको थियो l

प्रतियोगिताको उत्कृस्ट खेलाडी बिजेता टिमका सुरज तिमल्सिना घोषित भए जसले ट्रफी सहित टेक्नोसको तर्फबाट ३२ इन्च एलईडी टिभी तथा आईपे रेमिटको तर्फ बाट  रु.१० हजार नगद पुरस्कार पाए l

img_6792
बिजेता टोलिका साथ बन तथा भू-संरक्षण मन्त्रि शंकर भण्डारी, राजेश श्रेष्ठ ( अध्यक्ष, सेन्चुरी ब्यांक ), हरिनारायण रौनियार ( अध्यक्ष, पप्पु कन्स्ट्रक्सन ) , अनुज मणि तिमिल्सिना ( सीईओ, सेन्चुरी ब्यांक ), सुमित रौनियार ( अध्यक्ष, एसएस इभेन्टस् )

 

प्रतियोगिताको बेस्ट ब्याट्सम्यान आईसीएफसी फाईनान्सका अरविन्द राना, बेस्ट बलर राज श्रेष्ठ ( सिभिल ब्यांक ) , बेस्ट फिल्डर सुरज तिमल्सिना ( सेन्चुरी ब्यांक ), बेस्ट विकेटकिपर साकार श्रेष्ठ ( नेपाल एसबिआई ब्यांक ) घोषित भए l प्रतियोगितामा सर्बाधिक छक्का प्रहार गर्ने खेलाडी आईसीएफसीका अरविन्द राना भए l बिजेता खेलाडीहरुलाई ट्रफी तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो l

सेमीफाइनलमा सेन्चुरी ब्यांकले सिभिल ब्यांकलाई ४ विकेटले तथा नेपाल एसबिआई ब्यांकले आईसीएफसी फाइनान्सलाई १५ रनले पराजित गरेको थियो l

फाइनल खेलमा टस जितेर नेपाल एसबिआईले ब्याटिंग रोजेको थियो l मोनिश श्रेष्ठले ४ छक्का र २ चौका सहित अविजित ३६ रन बनाएपछि एसबिआईले निर्धारित ५ ओभरमा २ विकेट क्षेतीमा ५५ रन बनाएको थियो l सेन्चुरीका बलर केशर रावलले १ विकेट हात पारेका थिए l

प्रतिउत्तरमा सेन्चुरी ब्यांकले निर्धारित लक्ष ३.५ ओभरमै पुरा गर्यो l कप्तान दिबेश डंगोलले अविजित ३४ तथा सुबास शर्माले अविजित १८ रन योगदान दिएपछि सेन्चुरीको जित सहज बन्यो l फाईनल खेलको म्यान अफ द म्याच दिबेश डंगोल घोषित भए l

एसएस इभेन्ट द्वारा आयोजित प्रतियोगितामा १९ कर्पोरेट टिमहरुको सहभागिता थियो l प्रतियोगिता ५ दिन सम्म टियु मैदानमा चलेको थियो  l प्रतियोगिताको आकर्षणको रुपमा सेमीफाइनल र फाइनल खेलमा टिभी अम्पायरको ब्यबस्था गरिएको थियो l

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]