सर्बाधिक धनराशीको अत्तरिया कप महिला क्रिकेट भोलि देखि

Attariya Cup
  • विकेटनेपाल- धनगढी, वैशाख १८

भोलि बैशाख २१ गतेदेखि कैलालीको अत्तरीयामा देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुनेछ। युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने भएका छन । धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिजक गरेको छ।

अत्तरीया युनाईटेड स्पोर्टस क्लवको आयोजनामा जेठ २१ गतेदेखि हुने महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको आयोजक क्लवका अध्यक्ष रवि खनालले जानकारी दिनुभयो ।

महिला क्रिकेट प्रतियोगिता थोरै भइरहेको बेलामा महिला क्रिकेटको विकास गर्ने लक्ष्यका साथ देशकै सर्वाधिक धनराहीका प्रतियोगिता गर्न लागिएको हो । अत्तरिया स्थित एपीएफको क्रिकेट मैदानमा हुने प्रतियोगिताको मसुख्य प्रायोजक रुस्लान हुने भएको छ। त्यस्तै विभिन्न निकायहरुले प्रतियोगितालाई सफल पार्नका लागि साथ दिएको आयोजकको भनाई छ।

प्रतियोगितामा भाग लिने ६ वटै टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ। समुह ‘बि’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन्।

बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने छन् । उद्घाटन र समापनको दिनमा बाहेक अन्य दिनमा दुई वटा खेल हुनेछ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाईने छ । लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । ‘ए’ समुहको बिजेताले उपविजेता तथा ‘बि’ समुहको विजेताले ‘ए’ को उपविजेतासंग सेमिफाईनलमा फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

करिव २५ लाख रुपैयाँ खर्च हुने टि-२० को विजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उप विजेताले १ लाख हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन् ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]