इन्टर-स्कुल इन्डोर क्रिकेट आयोजना हुने

  • विकेटनेपाल, जेठ ११

यही जेठ १६ देखि १९ गते सम्म माइक्रोम्याक्स इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ l

भ्यागुते प्रोडक्सनले आयोजना गर्न लागेको प्रतियोगितामा काठमाडौँका ८ वटा स्कुलले प्रतिस्पर्धा गर्नेछन् l सहभागी टिमलाई २ समुहमा बिभाजन गर्दै प्रत्येकले एकअर्का बिरुद्ध समुह चरणमा खेल्नेछन् जसपछि समुहको उत्कृस्ट २ टिमले सेमीफाईनलमा स्थान बनाउने छन् l

प्रतियोगिताको सबै खेलहरु रातो पुल स्थित भेलोसिटि एरिनामा संचालन हुनेछ l लिग चरणको खेलहरु १२ ओभर प्रति इनिंगको खेलिनेछ भने फाइनल खेल २४ ओभर प्रति इनिंगको हुन प्रोडक्सनका सचिब केशब बहादुर भण्डारीले जानकारी गराएका छन् l

काठमाडौँमा बिहिबार आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिताको घोषणा गर्दै प्रोडक्सनका उपाध्यक्ष रबिन जोशीले स्कुल स्तरको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्नलागेको बताउनुभयो  l

प्रतियोगितालाई मुख्य प्रायोजन माइक्रोम्याक्सले गर्ने भएको छ भने सह-प्रायोजकको रुपमा सिभिल मल रहनेछ l  माइक्रोम्याक्सका ब्रान्ड म्यानेजर धिरेन्द्र कुसवाहाले प्रतियोगिताले साना खेलाडीहरुलाई एक्सपोजर प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको थियो l

प्रतियोगितामा सहभागी टोलिहरु :- 

  1. Ujjwal Shishu Niketan Academy
  2. A.V. S.K.V.B Higher Secondary Boarding School
  3. Api School
  4. Green Laws Academy
  5. Premier International IB/Pyp World School
  6. Meridian International School
  7. Nitin Memorial H.S. School
  8. Vidhya Sanskar School




थप समाचार

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]