पहिलो दिन नितिन मेमोरियल, उज्ज्वल शिशु निकेतन, एपीआई स्कुल र डीएभी बिजयी

  • विकेटनेपाल, १६ जेठ

माइक्रोम्याक्स इन्टर-स्कुल इन्डोर क्रिकेट प्रतियोगिता आज देखि काठमाडौँमा सुरु भएको छ l भ्यागुते प्रोडक्सनको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन नितिन मेमोरियल, उज्ज्वल शिशु निकेतन, एपीआई स्कुल र डीएभी बिजयी भएका छन् l

प्रतियोगिताको उद्घाटन बालुवाटार क्रिकेट एकेडेमीका संचालक तथा क्रिकेट संघका पुर्ब उपाध्यक्ष उपेन्द्र भट्टराई र रास्ट्रिय क्रिकेटर सुबास खकुरेलले गर्नुभयो l

भेलोसिटी एरिनामा सम्पन्न आजको पहिलो खेलमा नितिन मेमोरियलले बिध्या संस्कार स्कुललाई २९ रनले पराजित गर्यो l पहिले ब्याटिंग गरेको नितिन मेमोरियलले निर्धारित १२ ओभरमा ६ विकेट नोक्सानीमा ११७ रन बनाएको थियो जसको लागी सुमन लिम्बुले १ छक्का र १ चौका मदतले ३४ रन बनाए l  बिध्या संस्कारका अधिक कार्कीले २ विकेट हात पारे l ११८ रन लक्ष पछ्याएको बिध्या संस्कारले १२ ओभरमा ८८ रन मात्रै बनाउन सक्यो जसको लागि रुवेष ज्ञवालीले २२ रन बनाए l नितिनका जितेन तामांगले ३ विकेट हात पारे l  खेलको म्यान अफ द म्याच सुमन लिम्बु घोषित भए l

Man of the match Krish Adhikari ( Ujjwal Shishu Niketan )

दोश्रो खेलमा उज्ज्वल शिशु निकेतनले प्रिमियर इन्टरनेसनल स्कुललाई ७ विकेटले पराजित गर्यो l उज्ज्वलका ब्याट्सम्यान समिर केसीले २८ तथा म्यान अफ द म्याच कृष अधिकारीले ३२ रन योगदान दिए l

तेश्रो खेलमा एपीआई स्कुलले मेरीडीएन स्कुललाई ४८ रनले पराजित गर्यो l पहिले ब्याटिंग गर्दै  एपीआईले १२ ओभरमा ३ विकेट नोक्सानीमा १३४ रन बनायो जसको लागि म्यान अफ द म्याच समेत चुनिएका रेउल श्रेष्ठले ७ छक्का मदतले अविजित ५९ तथा उठांत लामाले ४५ रन योगदान दिएका थिए l मेरीडीएनले दोश्रो इनिंगमा ८६ रन मात्रै बनाउन सक्यो जसको लागि इशान अर्यालले ३० रन योगदान दिए l एपीआई बलर उठांत लामाले २ विकेट हात पारे l

यस्तै चौथो खेलमा डीएभी स्कुलले ग्रिन ल एकेडेमीलाई ३८ रनले पराजित गर्यो l म्यान अफ द म्याच चुनिएका समन श्रेष्ठको ४२ रन मदतले डीएभीले पहिले इनिंगमा १०६ रन बनायो l जवाफमा ग्रिन लले ६८ रन मात्रै बनाउन सक्यो l डीएभी बलर समन श्रेष्ठ र शेखर बोहराले २/२ विकेट हात पारे l ८ टोलि सहभागी प्रतियोगिता ४ दिन चल्नेछ l

 

 

 





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]