यु-१९ बिश्वकप छनौट खेल्ने प्रारम्भिक टिममा को-को परे

nepal cricket team
  • विकेटनेपाल २८ जेठ

सिंगापुरमा जुलाई १५-२५ सम्म आयोजना हुने आईसीसी यु-१९ बिश्वकप छनौट ( एसिया ) २०१७ प्रतियोगिताको लागि टिम छनौट गर्न ४० जनाको प्रारम्भिक नेपाली टिम छनौट गरिएको छ l

गत बर्ष डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु-१९ एसिया कप प्रतियोगिताको लागि संचालन गरिएको ट्यालेन्ट हन्ट, त्यसपछि खेलाईएको सुपर लिग र घरेलु रास्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितालाई आधार मानेर खेलाडी छनौट गरिएको हो l

टोलिको छनौट आईसीसी प्रमुख विकास अफिसर ( एसिया ) का भेन्कटपथी राजु , जगत टमाटा ( रास्ट्रिय प्रशिक्षक ) तथा बिनोद दास ( यु-१९ रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक ) ले गरेका हुन् l

प्रारम्भिक टिममा डिसेम्बरमा यु-१९ एसिया कप खेलेका  कप्तान सन्दिप लामिछाने सहित आसिफ शेख, दिपेन्द्र ऐरी, अनिल शाह  लगायत खेलाडी सम्मेलित छन् l यु-१६ रास्ट्रिय क्रिकेट टिममा रही सन् २०१४ को एसीसी यु-१६ मा उत्कृस्ट प्रदर्शन गरेका अनिल खरेल पनि अन्तिम ४० मा अटाएका छन् l

सोमबार देखि प्रतियोगिताको तयारी स्वरूप बन्द प्रशिक्षण थालिने छ l

आयोजक सिंगापुर सहित अफगानिस्थान, मलेसिया सहभागी प्रतियोगितामा बिजयी हुने टिम सिधा न्युजिल्याण्डमा संचालन हुने यु-१९ बिश्वकप २०१८ खेल्न छनौट हुनेछ l

यस्तो छ टिम – 

  1. सन्दिप लामिछाने
  2. आसिफ शेख
  3. आदील खान
  4. अनिल कुमार शाह
  5. भिम शार्की
  6. प्रकाश केसी
  7. दिपेन्द्र ऐरी
  8. कमल सिंग ऐरी
  9. पवन शर्राफ
  10. सन्दिप सुनार
  11. नन्दन यादब
  12. रोहित कुमार पौडेल
  13. रबिन्द्र जंग शाही
  14. अविनाश कर्ण 
  15. बिक्रम कुमार भुसाल
  16. शाहब आलम
  17. सुशान्त सिंह थापा
  18. किशोर महतो
  19. प्रनित थापा मगर
  20. सुमित महर्जन
  21. सन्दिप जोरा
  22. जितेन्द्र सिंह ठकुरी
  23. बिपिन रावल
  24. अस्चल चौधरी 
  25. विजय राना
  26. प्रदिप टन्डन
  27. रशिद खान
  28. रिजन ढकाल 
  29. सागर भण्डारी 
  30. धिरज शाही 
  31. मोहम्मद हुसेन 
  32. दिभ्याँशु मलिक
  33. विजय चौधरी 
  34. ललित नारायण राजबंशी 
  35. संसाद शेख 
  36. आयुब चन्द 
  37. फिर्तोष अन्सारी 
  38. अनिल खरेल 
  39. डिभ खनाल 
  40. लोकेश चन्द 




थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]