यु-१९ बिश्वकप छनौट खेल्ने प्रारम्भिक टिममा को-को परे

nepal cricket team
  • विकेटनेपाल २८ जेठ

सिंगापुरमा जुलाई १५-२५ सम्म आयोजना हुने आईसीसी यु-१९ बिश्वकप छनौट ( एसिया ) २०१७ प्रतियोगिताको लागि टिम छनौट गर्न ४० जनाको प्रारम्भिक नेपाली टिम छनौट गरिएको छ l

गत बर्ष डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु-१९ एसिया कप प्रतियोगिताको लागि संचालन गरिएको ट्यालेन्ट हन्ट, त्यसपछि खेलाईएको सुपर लिग र घरेलु रास्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितालाई आधार मानेर खेलाडी छनौट गरिएको हो l

टोलिको छनौट आईसीसी प्रमुख विकास अफिसर ( एसिया ) का भेन्कटपथी राजु , जगत टमाटा ( रास्ट्रिय प्रशिक्षक ) तथा बिनोद दास ( यु-१९ रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक ) ले गरेका हुन् l

प्रारम्भिक टिममा डिसेम्बरमा यु-१९ एसिया कप खेलेका  कप्तान सन्दिप लामिछाने सहित आसिफ शेख, दिपेन्द्र ऐरी, अनिल शाह  लगायत खेलाडी सम्मेलित छन् l यु-१६ रास्ट्रिय क्रिकेट टिममा रही सन् २०१४ को एसीसी यु-१६ मा उत्कृस्ट प्रदर्शन गरेका अनिल खरेल पनि अन्तिम ४० मा अटाएका छन् l

सोमबार देखि प्रतियोगिताको तयारी स्वरूप बन्द प्रशिक्षण थालिने छ l

आयोजक सिंगापुर सहित अफगानिस्थान, मलेसिया सहभागी प्रतियोगितामा बिजयी हुने टिम सिधा न्युजिल्याण्डमा संचालन हुने यु-१९ बिश्वकप २०१८ खेल्न छनौट हुनेछ l

यस्तो छ टिम – 

  1. सन्दिप लामिछाने
  2. आसिफ शेख
  3. आदील खान
  4. अनिल कुमार शाह
  5. भिम शार्की
  6. प्रकाश केसी
  7. दिपेन्द्र ऐरी
  8. कमल सिंग ऐरी
  9. पवन शर्राफ
  10. सन्दिप सुनार
  11. नन्दन यादब
  12. रोहित कुमार पौडेल
  13. रबिन्द्र जंग शाही
  14. अविनाश कर्ण 
  15. बिक्रम कुमार भुसाल
  16. शाहब आलम
  17. सुशान्त सिंह थापा
  18. किशोर महतो
  19. प्रनित थापा मगर
  20. सुमित महर्जन
  21. सन्दिप जोरा
  22. जितेन्द्र सिंह ठकुरी
  23. बिपिन रावल
  24. अस्चल चौधरी 
  25. विजय राना
  26. प्रदिप टन्डन
  27. रशिद खान
  28. रिजन ढकाल 
  29. सागर भण्डारी 
  30. धिरज शाही 
  31. मोहम्मद हुसेन 
  32. दिभ्याँशु मलिक
  33. विजय चौधरी 
  34. ललित नारायण राजबंशी 
  35. संसाद शेख 
  36. आयुब चन्द 
  37. फिर्तोष अन्सारी 
  38. अनिल खरेल 
  39. डिभ खनाल 
  40. लोकेश चन्द 




थप समाचार

क्यानका अध्यक्ष चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग

नेपाल क्रिकेट सङ्घ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग […]

मिथिला कप : विकासले ५ विकट लिंदा छिन्नमस्ता विजयी

सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीले १ […]

सन्दीपविनै प्रारम्भिक टोली

नेपाल क्रिकेट सङ्घ (क्यान्) ले घरेलु मैदान कीर्तिपुरमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक […]

भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण : क्यान

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेट गर्न भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सँग सम्झौता गरिनु त्रुटिपूर्ण भएको जनाएको छ […]

मिथिला कप टि–२० माघ १४ देखि

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ६ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा प्रदेश स्तरीय मिथिला कप टि–२० […]

सन्दीपलाई टिममा फर्काउनेबारे क्यान छलफलमा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा जुटेको बताएको छ । […]