यी हुन् भारतीय टिमको नयाँ प्रशिक्षक, सेहवाग सहित को-को थिए रेसमा

ravi shastri
  • विकेटनेपाल, असार २८

भारतिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा रवि शास्त्री नियुक्त भएका छन्। भारतिय क्रिकेट बोर्ड ( बिसिसिआई ) ले मंगलबार प्रेस विज्ञप्ति मार्फत शाष्त्रीलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको जानकारी दिएको छ। यसैगरि जहिर खान बलिंग र राहुल द्रविड ब्याटिंग प्रशिक्षकका रुपमा रहने छन्।

सचिन तेन्दुलकर, सौरभ गांगुली, भीभीएस लक्ष्मण रहेको सल्लाहकार समितिले ५ जना दाबेदारबाट शास्त्रीलाई प्रशिक्षक पदको लागि चुनेको हो l २०१९ एकदिवसीय बिश्वकपलाई मध्यनजर राख्दै बिसीसीआईले नयाँ प्रशिक्षण टिम चयन गरिएको हो l

बिराटको समर्थन 

प्रशिक्षक पदको लागि बिरेन्द्र सेहवाग र रबि शास्त्री बीच प्रतिस्पर्धा भएको थियो तर बिराट कोहलीले शास्त्रीलाई समर्थन गरेपछि शास्त्रीको छनौट गरिएको हो l सेहवागलाई सौरभ गांगुलीको र रबि शास्त्रीलाई सचिन तेन्दुलकरको समर्थन रहेको बताईएपनि कप्तान बिराटले शास्त्रीलाई मन पराएका थिए जुन प्रशिक्षक चयनमा महत्वपूर्ण थियो l

गत महिना इंग्ल्याण्डमा सम्पन्न च्याम्पियन्स ट्रफीको दौरान प्रशिक्षक अनिल कुम्बले र बिराट कोहली बीच असमझदारीको कुरा बाहिर आएको थियो l कोहली कुम्बलेको प्रशिक्षण गर्ने तरिकाबाट खुसि नभएको कुरा आएलगत्तै च्याम्पियन्स ट्रफीपछि कुम्बलेले मुख्य प्रशिक्षक पदबाट राजिनामा दिएका थिए l

कप्तानको रुपमा कोहलीलाई दिने स्वतन्त्रता कोहलीले शास्त्रीलाई मन पराउनुको कारण मानिन्छ ©ICC

को-को थिए प्रशिक्षक बन्ने दौडमा 

भारतीय टिमको मुख्य प्रशिक्षक पदको लागि शास्त्री सहित बिरेन्द्र सेहवाग,टम मुडी, फिल सिमन्स र रिचर्ड पाइबसको अन्तर्वार्ता लिईएको थियो l भिडियो कन्फरेन्सद्वारा लिईएको अन्तर्वार्तामा २०१९ बिश्वकप क्रिकेट प्रतियोगिताको लागि योजना तथा प्रशिक्षक र कप्तान बीचको सम्बन्धको बिषयमा आउने खराब परिस्थितिको सामना कसरि गर्नुहुन्छ लगायत प्रश्न गरिएको थियो l

यस कारण शास्त्री बने प्रशिक्षक 

रबि शास्त्री प्रशिक्षक बन्नुको महत्वपूर्ण कारण बिराट कोहलीको समर्थन हो l कोहली र शास्त्रीको सोचाई एउटै खाले भएको र उस्तै किसिमको क्रिकेट खेल्ने सोच भएको बताईन्छ l दुवै आक्रामक र निडर रुपमा क्रिकेट खेल्न मन पराउने गर्दछन् l कप्तानको रुपमा कोहलीलाई दिने स्वतन्त्रता कोहलीले शास्त्रीलाई मन पराउनुको कारण मानिन्छ l

शास्त्रीले गर्ने खेलाडीहरुसंग साथीको जस्तो ब्यबहार, २ वर्ष भारतीय टिमको निर्देशक रहेको अनुभब तथा उनले २०१४ देखि २०१६ सम्म उनि टिम निर्देशक रहंदा भारतीय टिमले गरेको राम्रो प्रदर्शन पनि मुख्य कारण मानिएको छ l शास्त्री मुख्य निर्देशक भएको बेला भारतीय टिम टि-२० बिश्वकप २०१६ तथा २०१५ को एकदिवसीय बिश्वकपमा सेमीफाइनल सम्म पुगेको थियो भने श्रीलंकालाई २३ बर्ष पछि उसैको घरमा २-१ ले टेस्ट सिरिजमा पराजित गरेको थियो l

©BCCI

द्रविड ब्याटिंग सल्लाहकार, जाहिर खान बलिंग कोच 

रबि शास्त्री भारतीय टिमको मुख्य प्रशिक्षक रहने छन् भने राहुल द्रविड टिमले गर्ने विदेश भ्रमणमा ब्याटिंग सल्लाहकारको भूमिकामा रहनेछन् l यस्तै जाहिर खान बलिंग कोच चुनिएका छन् भने संजय बांगड ब्याटिंग कोच र रामकृष्णन श्रीधर फिल्डिंग कोचको भूमिकामा रहनेछन् l

को हुन् शास्त्री ? 

रबि शास्त्रीको पुरा नाम रविशंकर जयद्रथ शास्त्री हो जसको जन्म १९६२ मे मा मुम्बईमा भएको थियो l ५५ बर्षिय शास्त्री दायाँ हाते ब्याट्सम्यान तथा लेफ्ट आर्म स्पिनरको रुपमा भारतीय टिमको लागि खेलेका थिए l

१९८१ मा भारतको लागि पहिलो टेस्ट खेलेका शास्त्रीले खेल जीवनमा कुल ८० टेस्ट खेलेका छन् जसको १२१ पारिमा ३८३० रन बनाएका छन् जुन क्रममा एक दोहोरो शतक ११ शतक र १२ अर्धशतक प्रहार गरेका थिए l टेस्टमा ३५ भन्दा माथिको औसतमा रन बनाएका उनले १४१ विकेट समेत लिएका छन् l

यस्तै १९८१ मा भारतीय वानडे टिममा डेब्यु गरेका शास्त्रीले १५० खेलमा ३१०८ रन बनाएका थिए जुन क्रममा ४ वटा शतक र १८ अर्धशतक प्रहार गरेका थिए भने कुल १२९ विकेट पनि उनको नाममा छ l

१९९५ देखि कमेन्टेटरको भूमिकामा पनि रहेका शास्त्री उतिकै लोकप्रिय छन् l

यो पनि पढ्नुस :- 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]